Welcome to EL-Shaddai Family

About Us

elshadddai present
first sewa ghar
second sewa ghar
elshadddai present
first sewa ghar
second sewa ghar

एक संघर्षपुर्ण यात्रा

चर्च अफ स्कटल्याण्ड देखि ‘यहोवा निस्सी​

सन् १९४७ सालमा अंग्रेजहरूको २०० वर्षको असहय बन्धनबाट जब भारतवर्ष मुक्त भए। ठीक यसै वर्ष पश्चिम बंगालको खडकपुरबाट जोर्डन सी० खान नामक तेजस्वी प्रचारक दार्जीलिङ्ग जिल्लाको खरसाङ्गमा आउनुभयो। यस भेकको पहाडवासीलाई बाइबलअनुसार उचित शिक्षा दिन साथै प्रभु येशूको विषयमा बढी जानकारी दिने उहाँको बोझ थियो। तर यस ठाउँमा येशू खीष्ठको बिषयमा प्रचार(प्रसार गर्नलाई उहाँले कतैबाट कसैको पनि  निमन्त्रयाा पाउनुसकनुभएन । तत्पश्चात परमेश्वरलाई आत्मिक अगुवाई मागेर कालेबुङ्गमा प्रबेश गर्नुभयो। आज भन्दा ५० वर्ष अघिको कालेबुङ्ग, शहर जस्तो थिएन । जंगलको घनत्व थियो। त्यसताक मानिसहरूको आर्थिक र सामाजिक स्तर अहिले झै थिएन । सुख र शान्तिको निम्ति जन चेतना पहलाएकै थिएन। अंग्रेजहरूको दासत्वबाट भर्खर फुत्किएका मात्र थिए। साँचो परमेश्वर को हुनुहुन्छ ? बाइबलको नयाँ नियममा आधारित प्रभु येशूको शिक्षाको सही मूल्याङ्कन भएको थिएन। भनौ साँचो मसीही जन जागरण आएकै थिएन। यस्तो समयमा उहाँ कालेबुङ्ग त आउनुभयो तर कुनै सेवाको निम्ति उहाँलाई निमन्त्रणा भने दिएको थिएन। तर यहाँको केहि व्यक्तिहरूसित परिचयमा आएको हुनाले उहाँको  कुरा चर्च अफ स्कटल्याण्ड भन्ने मण्डलीमा पुग्यो। यस चर्चले उहाँलाई स्वागत जनाउदै सेवा गर्ने अनुमति दिए । शिक्षालाई जनसाधारणमाझ राख्ने यो उहाँको प्रथम अवसर थियो। मण्डलीको बिश्वासीजनमाझ परमेश्वरको सु सन्देश  बाँडिने काम भयो। तब मण्डलीमा अपार भीड जम्न थाल्यो। बिश्वासीहरूले बाइबल अनुसार प्रभु येशूको सही शिक्षा पाउनथाले। विस्तारै विश्वासीजनमाझ नयाँ अनुभब र जोश भरिनथाले। सेवाहरू लगातार हुनेर्गथ्यो।

About us – History

मण्डलीको स्थापना

सन  १९४९ को अन्त तिर भिकटोर प्रधानको घरबाट टासी पेम्पा हिस्सेको घरमा मण्डली स्थानान्तरण भयो। यस समय प्रभुको दास बख्तसिंह कालेबुङ्गमा नै हुनुहुन्थ्यो। उहाँले नै यस घरको नाम एलशद्दाई राख्नुभयो। यो हीब्रू शब्द हो। यसको अर्थ सर्वशक्तिमान परमेश्वर हो।

OUR MAP

Ask Your Question