मे ८, शुक्रबार

दैनिक प्रार्थना र प्रशंसाको निम्ति आधार वचन
…बोल्नलाई तिम्रो हृदयले हतार नगरोस्;… यसैले तिम्रा शब्दहरू थोरै होऊन्! उपदेशक ५:२

थाेरै बाेल्नु उचित हाे भन्ने कुरा, राजा शुलेमानलाई प्रभुबाट पाएकाे ज्ञान र समझ थियाे । शुलेमान राजाकाे शासनकालमा सबैभन्दा पहिलाे ज्ञानकाे जाँच यही थियाे जहाँ उसले याे कुरामा रहस्य सिके र यस उपदेशकाे साक्षीकाे कारण ऊनी प्रशंसायाेग्य बन्न पुगे । १ राजा ३:१६ -२८मा जब दुई अामाहरू एउटा जिउँदाे बालक ´मेराे हाे` भन्ने विषयमा न्याय माग्न राजाकाे उपस्थितिमा उभिन्छ; तब राजाले तरवारले दुई भागमा पार्ने जुक्ति लाँउछ, त्यस समय झुट दाबी गर्ने अामाले भन्छ, “त्यो मेरो पनि नहोस्, तेरो पनि नहोस्! तपाईंहरूले त्यसलाई दुई भाग पार्नुहोस्!” यसबाट याे मूर्ख, असत्य छ, धेरै बाेलि पठाएको कुरा साबित बन्न पुग्छ र अर्काे अामाले भन्छ “हे मेरा प्रभु, तपाईंले यो जिउँदो बालक त्यसैलाई दिनुहोस्; तर यसलाई कुनै रीतिले नमार्नुहोस्!” किनकि साँचो अामाले अाफनाे माया वलिदान गरेर बचाँउने निर्णय राेजे । त्यस स्त्रीले राजाकाे न्याय र परमेश्वरलाई अादर गरेर थाेरै मात्रै बाेलेर मानी लिए । उसले नि भन्न सक्थे, याे बच्चा मेरै हाे, मलाई नै दिनुपर्छ। अन्त्यमा यस न्यायकाे परिणाम थाेरै बाेलेर सत्य देखा परेर टुङगिन्छ । याे दृश्यमा राजा शुलेमानले नि दुई शब्द मात्र बाेलेकाे पाईन्छ; (१) यसलाई दुई भाग पार, (२) याे बालक उसकाे अामालाई देऊ।


अर्काे उदाहरण हामी (१ शमूएल २५ :१०, ११)अध्ययमा पाँउछाैं, एउटा मूर्ख व्यक्ति नाबाल जसले दाऊदकाे वचन सुन्न साथ घमण्ड गरेर हतारिएर जवाफ दिँदै अपमानकाे व्यवाहार गर्छ । नाबालले दाऊदका सेवकहरूलाई जवाफ दिएर भने: “दाऊद को हो, र यिशाईको छोरा को हो? हिजोआज धेरै नोकरहरू छन् , जो हरेक आ-आफ्नो मालिकबाट छुटेर जान्छन्। दाऊदकाे मानिसहरूले नाबालकाे लागि शुभ सामाचार लिएर नाबाल कहाँ अाएकाे हुन्छ । दाऊदका मानिसहरूले नाबालकाे भेडाहरू र उसकाे गाेठालाहरूलाई केही हानी नपुराएकाे र सुरक्षा गरिरहेकाे हुन्छ । यहि भलाे कामकाे सट्टामा थाेरै सहयाेगकाे अपेक्षा गर्छ किनकि दाऊद शाऊलकाे खेदाेबाट भागिरहेकाे थिए। नाबालकाे यस्ताे अपमानित व्यवहार दाऊदलाई मन परेन र नाबाललाई त्यही व्यवहार अनुसार खराब गर्ने भनेर नाबालकाे घर तर्फ अाँउदै गर्दा बाटामा नाबालकाे पत्नी अबिगेललाई भेटछ। उसले नाबालकाे सट्टामा दाऊदलाई क्षमा माग्दै उनीहरूले अपेक्षा गरेकाे खाद्यवस्तु दाऊदकाे मानिसहरूलाई सुम्पिन्छ । अबिगेलकाे यस सहि कदमले गर्दा नाबालले त्यस घडी अनुग्रह पाँए । यही मुर्खताले गर्दा परमेश्वरले नाबाललाई प्रहार गर्नुभयाे । यस दुईवटा उदाहरणबाट हामी सर्तक बन्न सिक्नु पर्छ।
 
हाम्राे शरीरकाे अङ्ग बशमा नभएकाेले धेरैपल्टा हामी बाेल्नमा, छिटाे भई अात्मिक दाैडमा लडछाैँ ।( याकूब ३:५-८ ) प्रभुमा भएर प्रेरित याकूबले याे लेख्नुहुन्छ `यसकारण मेरा प्रिय भाइहरूहो, हरेक मानिस सुन्‍नमा छिटो, बोल्नमा ढिलो, रिसाउनमा ढिलो होस्; (याकूब १:१९) र सुन्नेहरूले अनुग्रह पाअाेस । (एेफिसि ४:२९) चाहे हामी खुसिकाे क्षणमा हाेऊ नता सबैभन्दा निराशाकाे घडीमा, परमेश्वर पिता भन्नुहुन्छ  “यिनी मेरा प्रिय पुत्र हुन्, जससँग म अत्यन्त प्रसन्‍न छु; यिनैको कुरा सुन!”

अाजकाे हाम्राे प्रार्थना, हे प्रभु मेराे सबै अङ्गहरू वशमा राख्न सक्ने व्यक्ति मलाई बनाँउनुहाेस ताकि तपाईकाे अादर गर्दै तपाईकाे वचनमा हिड्न सकाै । प्रभु कति अनुग्रहकारी दयालु हुनुहुन्छ , मेराे मुर्खता पनि तपाईंले मलाई ताडना दिई ठिक बाटाेमा डोर्याउनु हुन्छ ।
धन्यवाद, अमीन

Leave your vote

700 points
Upvote Downvote

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here