धेरै पल्ट हाम्राे ख्रीष्टयान जीवनमा , हाम्राे मनले चाहेकाे कुरा पूरा गर्ने पछि हामी लागि परिरहेकाे हुन्छाै; कतिकाे पूरा हुन्छ, कतिकाे अधुरो रहन्छ, कतिले पूरा गरेपछि नि पछुताँउछ। कतिले त मृत्युकाे अन्तिम घडी सम्म नि अाफनाे ईच्छा, भार परमेश्वरलाई सुम्पन्न चाहेकाे हुदैन र छटपटि रहेका हुन्छ; जब उसकाे अात्माले हार खान्छ तब उ सुत्दछ । अाज हामी परमेश्वरका मन अनुसारकाे मान्छे दाऊदकाे जीवन बाट हेेर्नेछाै, कसरी हामीले हाम्राे ईच्छालाई परमेश्वर कहाँ सुम्पिने र अाशिषत बन्ने ।

(१ इतिहास १७ : १, २) दाऊद इस्राएलको राजा बनेपछि उसले शुरुमा परमेश्वरको सन्दुक इस्त्राएलमा ल्याँउछ , यही नै परमेश्वरको दृष्टिमा उनको पहिलाे ठुलो भार थिए । दाऊदले नातान अगमभक्तलाई आफनो हृदयको चाहाना प्रकट गर्छ, म एउटा परमेश्वरको लागि भवन बनाउँन चाहान्छु किनकि म यो दरबारमा सुति रहेको छु तर परमेश्वरको सन्दुक भने पाल र तिरपालममा राखेका छौं र अगमभत्त नातानले जवाफ दिन्छ, हजुर जे चाहा गर्नुहुन्छ सो गर्नसक्नुहुनेछ ।

शारीरमा हामीले राखेकाे चाहाना हाेस या परमेश्वरकाे मण्डलीकाे निर्माण गर्ने विषयमा हाेस, दुवै पक्षलाई दाऊदकाे पात्रबाट हामीलाई प्रेरणा मिल्छ। यहाँ दाऊदले म परमेश्वरकाे लागि एउटा भवन बनाँउछु भनेर हृदयमा चाहाना राखेका हुन्छ तर परमेश्वरले याे तिमी बाट हुँदैन तर तिम्राे छाेरालाई म याे गर्ने दिनेछु परमेश्वरले भन्नुहुन्छ। तब दाऊदले केही अनकन, जबर नगरी परमेश्वरकाे वचन पालन गर्छ। तब परमेश्वरले दाऊदकाे नम्रता , परमेश्वरकाे डर र परमेश्वरकाे घरकाे चासाे र बाेज देखेर दाऊद सँग बाँचा बान्नुहुन्छ । त्यसपछि दाऊदले परमेश्वरलाई धन्यवाद चढाँउदछ । उसले अाफुमा भएकाे अशक्ततालाई मानीलिन्छ, शरिरिक रूपमा हेर्द याे कति ठुलाे गम्भीर चाेट पर्ने कुरा हाे तर परमेश्वरकाे अात्मा दाऊदमा भएकाेले उसले साे पालन गर्नसके । किनकि उसले अाफनाे जीवनकालमा धेरै लडाई र रक्तपात गरेका थिए । परमेश्वरकाे घर निर्माण गर्ने कुरा चाहिँ परमेश्वरले चुन्नुभएकाेले मात्रै बनाउन सक्छ। जाे कसैले चाहा गर्दैमा बन्ने कुरा अाँउदैन अथवा बनाए पनि त्यसमा परमेश्वरकाे महिमा, अाशिष हुदैँन ।

परमेश्वरले किन दाऊदसँग यस्ताे वाँचा बान्नुभयाे र दाऊदकाे घरनालाई त्याग्नुभएन?, तिनीहरूले पाप गरे र परमेश्वरलाई निरन्तर दुखित बनाईरहे तरैपनि परमेश्वरले अाफनाे प्रतिज्ञा पूरा गर्नुभयाे अथवा परमेश्वरकाे पुत्र येशू ख्रीष्ट दाऊदकाे सन्तान बाट हुन अाए जसकाे सिहाँसन स्वर्गसम्म स्थिर परमेश्वरले पार्नुभयाे । परमेश्वरले दाऊदलाई अगाडि बाटै चुन्नु भएको हो र ठहराउँनुभएको हो । यर्मिया १: ५ मा भन्छ मैले तिमीलाई अगाडिबाट, आमाको गर्वबाट चुनेको हो र परमेश्वरले दाऊदलाई अघिबाट जान्दथिए र दाऊदलाई परमेश्वरको योजना अनुसार गर्नु पर्ने थियो सो परमेश्वरले यस कुरा पुरा गर्नु भयाे । परमेश्वरले दाऊदलाई किन चुन्नु भयो भनेर तलका दाऊदका सात वटा गुणहरु पढन सक्नुहुनेछ । किन दाऊदलाई हृदय अनुसारकाे मान्छे भनिन्छ?

१) चुनाऊ : राजा शाऊललाई मान्छेहरूकाे माग अनुसार चुनेका थिए(१ शमूएल ९:२) तर राजा दाऊदलाई परमेश्वर अाफैले चुन्नुभयाे जुन शरीर अनुसार थिएन तर हृदय अनुसारका थिए।( १ शमूएल १२:७,१२,१३)

२) परमेश्वर उनकाे साथ : बालककाल देखि परमेश्वर दाऊदकाे साथमा हुनुहुन्थ्याे जसरी उसले भेडालाई सिहंकाे मुखबाट छुटटाउन सक्द थियाे । त्यति मात्र हाेईन तर दाऊद चाहान्थे परमेश्वरकाे निन्दा नहाेस यसकारण उसले सानाे उमेरमा नै राक्षेस गाेलियतलाई एउटै दुङ्गाले गाेइत्र्राेमा राखेर ढाल्न सफल भए । जुन सामान्य मानिसकाे लागि असम्भव छ तर परमेश्वरकाे साथमा रहने मानिसकाे लागि सम्भव हुन्छ।

३) परमेश्वरकाे प्रशासां गर्नमा निपुण अनि दुष्ट आत्मा निकाल्नमा: शाऊलको नोकरले दाऊदको बारेमा यसरी बयान गरेको छ, दाऊद वीणा बजाउनुमा निपुणा मात्र नभएर वीर, युध्द गर्न सक्ने हेर्नमा फुर्तिलो र सुन्दर छ त्यति मात्रै नभएर परमेश्वर आत्मा दाऊद सँग छ, जब पनि शाऊललाई दुष्ट आत्माले सताउँदा थियो, दाऊदले वीणा बजाँउदा थियाे र दुष्ट आत्मा शाऊलबाट निस्कँदा थियो । (१ शमूएल १६ : १८, २३)

४) परमेश्वरको इच्छा खोज्थे : दाऊदले हरेक कुरा परमेश्वरलाई सोध्थे, कहिल्यै पनि आफनो बल, ताकतमा भर परेन तर परमेश्वरको इच्छा खोज्थे र परमेश्वरले सुन्नुहुन्थ्यो । जस्तै , ( १ शमूएल ३० : ८ ) मा दाऊदले परमेश्वरलाई सोध्छ, के गरौं प्रभु, अनि प्रभुले भन्नुहुन्छ जाऊ र तिमी विजय बन्नेछौं र साच्चै दाऊद सफल बन्दछ । दाऊदले जुनै लडाँई लडदा् परमेश्वरको इच्छा र निर्देशन खोज्दा थिए । ( २ शमूएल ५ १९ ) मा दाऊदले परमेश्वरको इच्छा खोजे र परमेश्वरले दाऊदलाई उत्तर दिनुभयो ।

५) परमेश्वरको डर राख्थे  : परमेश्वरले  दुई पटक सम्म दाऊदलाई जाँच्नु भयो ताकि शाऊल लाई दाऊदको हातमा सुम्पिदिनुभयो । दाऊदका मानिसहरूले दाऊदलाई भने, “हेर्नुहोस आज परमेश्वरले तपाईको शत्रुलाई हजुरको हातमा सुम्पिदिनुभएको छ, त्यसैले आज तपाई विजयी बन्नु हुनेछ तर दाऊदले भने यिनी मेरा मालिक हुन केही नगर र परमेश्वरले चुन्नुभएका इत्र्राएलका राजा हुन । (१ शमूएल २४ : ४, ७ ) दाऊदले यसो गर्न चाहेन किनकि उनी मानिसहरुसँग नडराए पनि परमेश्वरको डर मान्थे जो आज शरीरमा हिडनेहरुले बदलाको भवना परमेश्वरलाई सुम्पन्न सक्दैन । दोस्रो चोटि नि यस्तै घटना भयो र दाऊद परमेश्वरको डरको जाँचमा विजय बन्न सके । ( २ शमूएल २६ : ९ )

६) दाऊदमा परमेश्वरको गुण पाईन्छ ( अनुग्रकारी , कृपालु, परमेश्वर जस्तै प्रतिज्ञाको सम्झना , भष्म गर्ने आगो ) : शाऊलको मृत्यू पछि दाऊदले शाऊल र जोनातनको निम्ति शोक गर्छ र सबै राम्रा कुराहरुको सम्झना गर्छ इस्त्राएलमा दाऊदले आफनो हितैषी मित्र योनातनसँग गरेकाे प्रतिज्ञा सम्झना गर्छ र मपीबोशेतलाई जो योनातनको छोरा शाऊलको नातिलाई खोजि ल्याँउछ र उसलाई पैतृक सम्पतिको हक दिई उसको हेरचाह गर्छ र शऊलको नराम्रो कामका बदला लिदैन । अमालेकि सिपाही जसले शाऊलको निर्देशन अनुसार शाऊललाई मारे र यो मरेका खबर र शाऊलको चिज पुराँउनु दाऊद कहाँ आएँ तब दाऊदले परमेश्वरको चुनेका शाऊल राजा मार्ने भनी मृत्यूको सजाए दिन्छ र राजा शाऊल र योनातनको लागि विलाप गर्छ। ( २ शमूएल १ : १५, १६ )

७) दाऊद आफुले गरेको गल्तीमा चाँडै दुखित र पश्चतापी बन्थे । जब परमेश्वरले पहिलो पटक शाऊललाई सुम्पिदिनुभएको थिए तब दाऊलले शाऊलको वश्त्रको एक कुना काँटी दिए र आफनो मानिसलाई रोक्दै पश्चतापी बन्छ र भन्छ मैलै त्यसो नगरेको भए हुन्थ्यो ( १ शमूएल २४ ६ ) जब जब दाऊदले परमेश्वरको दृष्टिमा पाप गर्थे तब ऊ तुरुन्तै पश्चतापी र दुखी बन्दै परमेश्वरलाई पुकारथ्यो । पहिलो पापको पश्चताप ( २ शमूएल १२ ः १३ ) दोस्रो गल्तीको पश्चताप ( २ शमूएल २४ ः १०, ११ )

दाऊदको बालक काल देखि राजा बनीनञ्जलसम्म हेर्द – उनी भेडा गोठाला , त्यसपछि शमूएल द्वारा राजा अभिषेक भए, शाऊलको दरबारमा संगीतकार, गोलियातसँग विजयी, सुरवीर योध्दा, योनातानसँग असल मित्रता, दाऊदकाे वीरताकाे गुणगान , शाऊलबाट खेदो सतावट, राजाको जो्ई, शाऊलकाे नजरबाट भाग्नुपर्ने, शाऊल र योनातनको मृत्यू र अन्तमा राजा नियूक्ति हुइञ्जल सम्म दाऊदले कहिल्य पनि परमेश्वरको विरुध्द गरेन नता घमण्डी बने । यदि हामीले दाऊद जस्तै परमेश्वरलाई पहिलो प्राथिमिकता दिन सकौंं भने परमेश्वरले हामी र हाम्रो घरना सँग नि यस्तै वाँचा बान्नुहुनेछ ।

Dewan Subba

Leave your vote

700 points
Upvote Downvote

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here