विषय सूची

Elshaddai Church History

पहिलो अध्याय

मण्डलीको स्थापना

चर्च अफ स्कटल्याण्ड देखि  ‘यहोवा निस्सी'( सम्म एक संघर्षपुर्ण यात्रा )

सन् १९४७ सालमा अंग्रेजहरूको २०० वर्षको असहय बन्धनबाट जब भारतवर्ष मुक्त भए। ठीक यसै वर्ष पश्चिम बंगालको खडकपुरबाट जोर्डन सी० खान नामक तेजस्वी प्रचारक दार्जीलिङ्ग जिल्लाको खरसाङ्गमा आउनुभयो। यस भेकको पहाडवासीलाई बाइबलअनुसार उचित शिक्षा दिन साथै प्रभु येशूको विषयमा बढी जानकारी दिने उहाँको बोझ थियो। तर यस ठाउँमा येशू खीष्ठको बिषयमा प्रचार(प्रसार गर्नलाई उहाँले कतैबाट कसैको पनि  निमन्त्रयाा पाउनुसकनुभएन । तत्पश्चात परमेश्वरलाई आत्मिक अगुवाई मागेर कालेबुङ्गमा प्रबेश गर्नुभयो। आज भन्दा ५० वर्ष अघिको कालेबुङ्ग, शहर जस्तो थिएन । जंगलको घनत्व थियो। त्यसताक मानिसहरूको आर्थिक र सामाजिक स्तर अहिले झै थिएन । सुख र शान्तिको निम्ति जन चेतना पहलाएकै थिएन। अंग्रेजहरूको दासत्वबाट भर्खर फुत्किएका मात्र थिए। साँचो परमेश्वर को हुनुहुन्छ ? बाइबलको नयाँ नियममा आधारित प्रभु येशूको शिक्षाको सही मूल्याङ्कन भएको थिएन। भनौ साँचो मसीही जन जागरण आएकै थिएन। यस्तो समयमा उहाँ कालेबुङ्ग त आउनुभयो तर कुनै सेवाको निम्ति उहाँलाई निमन्त्रणा भने दिएको थिएन। तर यहाँको केहि व्यक्तिहरूसित परिचयमा आएको हुनाले उहाँको  कुरा चर्च अफ स्कटल्याण्ड भन्ने मण्डलीमा पुग्यो। यस चर्चले उहाँलाई स्वागत जनाउदै सेवा गर्ने अनुमति दिए । शिक्षालाई जनसाधारणमाझ राख्ने यो उहाँको प्रथम अवसर थियो। मण्डलीको बिश्वासीजनमाझ परमेश्वरको सु सन्देश  बाँडिने काम भयो। तब मण्डलीमा अपार भीड जम्न थाल्यो। बिश्वासीहरूले बाइबल अनुसार प्रभु येशूको सही शिक्षा पाउनथाले। विस्तारै विश्वासीजनमाझ नयाँ अनुभब र जोश भरिनथाले। सेवाहरू लगातार हुनेर्गथ्यो। कहिलेकाहिँ सेवाहरू स्थगित भएको खण्डमा जोर्डन सी० खान चर्चको नगिचै भिकटोर प्रधानको चिया पसलमा चिया पिउन जानुहुन्थ्यो। पसल मालिक भिकटोर प्रधानको स्वभाव भिन्नै थियो। उहाँ जोर्डन सी० खानसित घनिष्ट हुनचाहदैन थिए । किनकी खान साहेबले जवानहरूलाई मोहित पार्छन भन्ने डरले उहाँ सँधै त्रसित हुनुहुन्थ्यो। तर समय बित्दै गयो। दुबै टाडा हुनसकेन। कालान्तरमा दुबै धनिष्ट मित्र झैं बन्न पुगे। शायद परमेश्वरको योजना नै यस्तो थियो की  एकदिन शिष्टता जताउन भिकटोर प्रधानले १० १ /२ माइल आफ्नो घरमा जोर्डन सी० खानलाई खाना खानु आउनुहोस्‌ है भनी निमन्त्रणा दिए। यो सुअवसरमा जोर्डन सी० खानले प्रभु येशूको बलिदानको महत्व उहाँलाई बुझाइदिनु भयो। त्यसदिन उहाँको घरमा एउटा सानो सेवा पनि भयो। “साँचो साँचो म तिमीलाई भन्दछु, कोहि मानिस नयाँगरी जन्मेन भने उसले परमेस्वरको राज्यलाई देख्न सक्दैनू (१ यूहना ३ : ३) यो सेवाको आधार बचन थियो। त्यसदिन भिक्टोर प्रधानले प्रभु येशूलाई उद्घारकर्ताकाृ रूपमा गह्रण  गर्न अस्वीकार गर्न खोजेतापनि प्रचारक जोर्डन सी० खानले बाइबलअनुसार मुक्तिको साँचो अर्थ प्रस्ट पारिदिनुभयो। उहाँले तत्कालै पश्चताप गरेँ प्रभु येशूलाई जन्मैको पाप धोइमागे। खुब रोए । त्यसपछि ख्रीष्टलाई मुक्तिदाताको रूपमा ग्रहण गरे। यो सुखद दिन १७ सेप्टेम्बर १९४७ थियो। दाई भिक्टोर प्रधानले प्रभु येशूमा नयाँ जीवन पाउनुभयो। पापको बन्धनबाट मुक्त भए। स्वच्छन्द भए। उहाँको हृदय असीम आनन्द र शान्तिले भरियो। यसैदिन दुवैज्ञना सेवाको निम्ति चर्च जानुभयो। 

शिक्षा सम्बन्धी विरोधाभास

जोर्डन सी ० खान एक सशक्त प्रचारक हुनुहुन्थ्यो उहाँले  सदैव बाइबल अनुसार प्रभुको बास्तविक शिक्षा एवम्‌ वचनमा जोड दिनुहुन्थ्यो यसर्थ मण्डलीमा आत्मिक जागृति आइरहेको थियो। तर त्यसदिन अवस्मरणीय घटना घट्यो। मण्डलीमा बाइबलको शिक्षा सम्बन्धी विरोधाभास शुरूभयो। जोर्डन सी  खानले आत्मामा भरपूर भएर दिनुभएको शिक्षारुपी बचनहरुमध्ये दुईवटा मूख्य कुरोको निम्ति जोइतोडले बिरोध भयो। ती हुन : 

प्रथमतः हरेक मानिसजाति आमाको कोखबाट पापमा जन्मन्छ यसर्थ  सबैले आफनो पाप प्रभु येशू खीष्टको  रगतले घोइमाग्नुपर्छ । (भजनसंग्रह ५१ : ५ , १ यूहन्ना १ : ७)

द्वितीय  :  बाइबल अनुसार डुबकी बप्तिस्मा लिनु आवश्यक छ (मत्ती ३ः १३,१६) यसरी मण्डलीमा परमेश्वरको सही शिक्षालाई  बुझ्न सकेन । भीडले झन विरोध गर्नथाले । मानिसहरू चिच्याईरहेका थिए । अत : यो परिस्थिति सेवाको निम्ति अनुकुल भएन । उहाँले सेवा स्थगित गर्नुभयो। यो विरोधलाई मर्माहत बनी प्रभुमा सहनुभयो। त्यसै दिन देखि यो सेवालय उहाँको निम्ति सदा – सदालाई बन्द भयो । यो अश्रुपूर्ण विदाको महत्व कसले बुझिदिने ? केवल परमेश्वर  सिवाय । अब कहाँ सेवा गर्ने ?  परमेश्वरको खातिर मनको चाहनाहरू कसले  बुझिदिन?  सत्यलाई सत्य नै भन्नुपर्छ सत्य कुराको  अपच हुन गए कसको के लाग्ने। तरे पनि  परमेश्वरको सेवा त गर्नैपर्छ। यस्तै सोचाईमा दुई दिन बित्यो । यो विकट परिस्थितिको तेस्रो दिन प्रभुले दाई भिक्टोर प्रधानको हृदयलाई छोइदिनुभयो। उडाँले १० १/२ माइलमा आफ्नै घर प्रभुको सेवाको निम्ति खोलिदिनुभयो।

आँखाले नदेखेका, कानले नसुनेका र मानिसको चित्तमा पनि नपसेका कुराहरू परमेश्वरले आफुलाई प्रेम गर्नेहरको निम्ति तयार पार्नुभएको छ ।

(१ कोरिन्थी २ : ९ )

ख्रीष्टीय इतिहासमा कालेवुङ्गमा प्रथमचोटि  डुबकी बप्तिस्मा 

यसरी नचाँहदा नचाँहदै भएपनि मण्डली   भंगालिनपर्यो। एउटै प्रभु दर्शन अलग । बिश्वास आ आफ्नै। जेहोस, त्यसताक चर्च अफ स्कटन्याण्डबाट भंगालिएर यता आउनेहरू यीनै हुन – स्व  प्रेमलाल प्रधान, भिक्टोर प्रधान, पत्र्चनाथ नाम्च्यू , श्रीमती सी   नाम्च्यु, सुश्री जे   के प्रधान, स्व  सुश्री एल  एम मुखिया, सुश्री सुमित्रा घिमिरे , स्व   श्रीमती अमृता घिमिरे, आइजक नाम्च्यु , बी   सी  सिमिक आदि। २० सेप्टेम्ब, १९४७ देखि भिक्टोर प्रधानको घरमा सेवा शुरू भयो। जोर्डन सी खानले सेवाघरको नाम ‘यहोवा निस्सी’ राख्नुभयो। विस्तारै मानिसहरुले प्रभुको सत्य वचनलाई बुझ्नथाले। चित्तमा नपसेका कुराहरूको भेद प्रभुले खोल्दै लानुभयो। जोर्डन सी० खानले पहाहका सीधा सादा विश्वासीहरुलाई बाइबल खोली मुत्ति के हो ? मुक्ति नपाए के हुन्छ? स्वर्ग के हो? नर्क के हो? आदि बिषयलाई सरल प्रकारले बुझाइदिनुभयो। यसो हुदाँ सेवामा आउने जम्मै  विश्वासीहरुले  एक एक गर्दै प्रभु येशूलाई  साँचो मुक्तिदाताको रूपमा ग्रहण गरे। यहाँ एउटा रोचक बिषय के थियो भने त्यसताक चर्च अफ स्कटल्याण्डले डी के० मुखियालाई यिनीहरूले कसरी सेवा गर्दोरहेछ  भनेर चियो गर्न खटाएको थियो। सेवा सम्बन्धी सबै प्रतिवेदन बुझाउनुपर्थ्यो। यसर्थ सेवा तगातार आउनथाले ।  वचन मनग्गे सुन्ने मौका पाए । तर पछिबाट आफै यो  पश्चातापी भई साँचोरुपले  प्रभु येशूलाई ग्रहणगरी यहोवा निरसीमै सङ्गति गर्नथाले ।  अब येशूलाई ग्रहण गरे पश्चात प्रभुको दोस्रो आज्ञा बप्तिस्माको अर्थ बताउदै उहाँले भन्नुभयो प्रभुसित मर्नु, गाडिनु र बौरी उठ्नु नै बप्तिस्माको सही अर्थ हो ।  अझ्न  यसको आत्मिकी अर्थहरू खोल्दै जानुभयो। तब यसको स्पष्ट अर्थ बुइनेहरूले  बप्तिस्मा लिनैपर्नेरहेछ भन्ने कुरो बुझे । यस विषयमा मण्डलीले प्रार्थना गरे। बप्तिस्माको दिन पनि तोकियो। सबैजना बप्तिस्मा लिनलाइ स्वतन्त्र थिए । यहोवा निस्सीमा पानीको तलाव नभएको खण्डमा रेलीः खोलामा डुबकी बप्तिस्माको कार्यक्रम सम्पन्न भयो। त्यसदिन बप्तिस्मा लिने ब्यक्तिहरु यीनै हुन( स्व० प्रेमलाल प्रधान, भिक्टोर प्रधान, स्व० सुश्री एल० एम मुखिया, स्व० सुश्री सुमित्रा घिमिरे, स्व० श्रीमती अमृता घिमिरे ।

 

Present EL-Shaddai Church

ESTD: 1990 AD

मण्डलीको इतिहासमा पहिलो  सेवक – सेबिकाको 

यो डुबकी बप्तिस्मा कालेवुङ्गको ख्रीष्टीय इतिहासमा शायदै प्रथमचोटि होला । यसर्थ यसको हल्ला चारैतिर फैलिनगयो। यो खबर घिमिरे परिबारमा पनि पुग्यो । यस परिवारले  सुमित्रा घिमिरे र अमृता घिमिरे यी दुई दिदी बहिनीलाई घरबाट निकाली दिए। यिनीहरूफो अक्षम्य दोष के थियो? केवल बप्तिस्मा, बस्‌ । अब घरको संघार काटेर कहाँ जाने?  स्त्री जाति न हो। तर यी दुईको बिशवास दह्रिलो थियो। अतः सम्पूर्णरुपले परमेश्वरमा भर परे। यतै मुहूर्तमा दिदी एल एम० मुखियाको हृदयलाई फमेश्वरते स्पर्श गरिदिनुभयो। यी दुई घिमिरे दिदी बहिनीलाई उहाँले आफ्नो घरमा स्वागत जनाइन्‌ । कालान्तरमा सुमित्रा घिमिरे र अमृता घिमिरे परमेश्वरबाट उहाँको कामको निम्ति बोलावट भएको खण्डमा पुर्ण समय सेविका भईन ।  यो मण्डलीको सेवक सेबिकाको इतिहासमा सर्वप्रथम हो। कत्रो आट ।  रहल जीबन प्रभुको कामको निम्ति न्योछाबर गर्नु लरतरो कुरो होइन । आजभन्दा ७० वर्ष अघि यो चतना हामीमाझ विरलै पाइन्थ्यो। तर यी दुई दिदी बहिनीले  गरेर देखाइन्‌ भविष्यमा पूर्ण समय सेवक सेविका हुनचाहनेहरुको निम्ति यो एउटा प्रेरणाको स्रोत बन्यो। परमेश्वरको प्रेमले विह्वल भएपछि कैं कुरो असम्भव रहेछ र  जेहोस, यहाँहरूलाई पछिबाट यहोवा निस्सी को नगिचै विश्वासीहरुले सानो डेरा बनाएर सारिदिनुभयो।

समय बित्दैगयो। मण्डलीले सघर्ष गर्दैगए । थोरै विश्वासी  जनद्वारा शुरू गरिएको परमेश्वरको काम फैलिदैगयो। यो परमेश्वरले साचोरूपले आफनो कामको जग बसाल्नु भएको प्रमाण हो। मण्डलीको विश्वासीजन एक चित्त र एक मनको भई आफ्नो सम्पूर्ण सुख, समृद्धि भुलेर परमेश्वरको खातिर आत्मा बचाउने धुनमा लागिरहे। प्रभुले  मण्डलीलाई आशिष दिनुभयो। मण्डली फस्टिन्दै गए। यता जोईन सी० खानले मण्डलीमा क्रमअनुसार सेवा गर्ने विधिहरू सिकाउन थाले। सर्बप्रथम प्रभुमा उद्दार त्यसपछि बप्तिस्माको सिद्धान्त सिकाए। प्रभुकाजनले प्रार्थनामा समय बिताउनुपर्छ भन्ने बचन ढिए। सबभन्दा महत्वपूर्ण कुरो प्रार्थनामय जीबन हो। प्रार्थनाहीन जीवन शैतान संसारमाथि बिजयी बन्न सक्दैन । यसर्थ पबित्र आत्मामा भरपूर भई प्रार्थनामा सघर्ष गरे दुष्ट ससांरमा  परिक्षित बन्नपर्दैन।अतः प्रार्थना एउटा कबच हो शत्रु रोक्ने। शिक्षै शिक्षा। मण्डलीले यी लाभदायक दिसाबाई आत्मासात गरे। फलस्वरुप विश्वासीहरु रातको ८ बजेदेखि बिहान भालेको डाकसम्म प्रार्थनामा बस्नथाले। प्रार्थनामय जीवनमा अलौकिक शक्ति रहेको विश्वासीजनले थाहा गर्नथाले।                                                                

 

“सारा संसारमा जाओ, र हरेक प्राणीलाई सुसमाचार प्रचार गर

(मर्कुस १५ः१६)

अर्को शिक्षा सुसमाचार प्रचार ।  बचन अनुसार प्रभुको सुसमाचार सब जातिकहाँ पुर्याउनुपर्दछ। प्रभुले पाप क्षमा गर्नुभयो। सित्तैंमा मुक्ति दिनुभयो। यो सन्देश अरुकहाँ पनि पुर्याउनुपर्छ ।  अरुहरूले पनि प्रभुलाई चिन्नुपर्छ ग्रहण गर्नुपर्छ। प्रचारक जोर्डन सी खानको यस्तो मनसाय थियो। प्रभुको निम्ति आफ्नो अमूत्य उमेर खर्चेर उहाँले यस पहाडी अञ्चलको मानिसहरूलाई प्रभु येशू ख्रीष्टको परिचयमा ल्याउन चाहनुहुन्थ्यो। त्यसताक परमेश्वरको सेवा गर्नु सरल थिएन । उहाँले कतिपय आर्थिक संकट र कहिलेकाहिँ असामाजिक तत्वहरुको पनि सामना गर्नुपथ्र्याे। जेहोस्  परमेश्वरको काम कसले रोक्न सक्छ र ।  नौलो सेवक सेविकाहरूको सहायताद्वारा दुई दुईजनाको दल बनाएर समस्त इलाकामा सुसमाचार प्रचार गर्नथाले। मानिसहरूको घर घर गएर प्रभु येशूलाई प्रचारे। त्यसताकको कालेबुङ यातायातको भनेजस्तो प्रबन्ध थिएन । सैयौं माइल हिडेर यातायात गर्नुपर्थ्यो। बस्तीको बाटो अपठयारो । उकाली ओह्वाली। जभेक जंगल। साँघुबिनाको खहरे। यस्तै बिकट परिस्थितिसित जुझ्दै मण्डली निमार्णको निम्ति यहाँहरुले खुब परिश्रम गरे ।

सन्‌ १९४८ साल मण्डलीको उमेर एक वर्ष पुग्यो। प्रार्थना, सङ्गति र सुसमाचार प्रचार निरन्तर भएको हुनाले प्रभुले मण्डलीलाई धेरै अमृत्य आत्माहरू दिनुभयो। यी आत्माहरू भनौं व्यक्तिहरुले पछिबाट परमेश्वरको कार्य वृद्धिमा ठूलो सहयोग पुर्याए यसको श्रेय प्रभुलाई जादँछ। जोर्डन सी० खानले आत्मामा भरपूर भएर सेवा गरेको हुदाँ विश्वासीजनले दह्रो आत्मिक टेवा पाउनसक्यो। आत्मिक दर्जा बढ्यो। प्रभुसित अझ धनिष्ट भए। विश्वासमा दिगो बने। यसप्रकार मण्डलीको स्थापना भयो ।

Elshaddai Church History

दोस्रो अध्याय

यहोवा निस्सी मा प्रथम अखिल भारत पवित्र महासभा

मण्डली  स्थापना भएको एकबर्षपछि सबै विश्वासीजन मिलेर पबित्र महासभा गर्ने निर्णय लिए। प्रार्थना गरे। तारिख पनि प्रभुले निश्चित गर्नुभयो। यसरीठलो सेवा गर्ने जमर्को त गरुे तर खर्चपात कहाँबाट ल्याउने? कसरी चलाउने? एउटा जटिल समस्याले घेर्यो। अब विश्वास गर्नेहरूको त्यो जमात एउटै मन र एउटै प्राणको थियो,कसैले पनि आफुसँग भएको कुनैपनि सम्पत्तिलाई यो मेरो होु भन्दैनथ्यो, तर तिनीहरूका सबै थोकहरू साझा थिए। (प्रेरित ४ः३२) यहि वचनको दर्शनअनुसार सबैले मिलिजुली सेवाको भार उठाउने संकल्प गरे। तब प्रभुको इच्छाअनुसार

सन्‌ १९४८ सालको अक्टुबर महिनामा प्रथम पबित्र महासभा यहोवा निस्सी , १० १/२ माइल, कालेबुङ्गमा सम्पन्न भयो। सेवा अबधिभरी सबैजना हर्षित थिए्र यो प्रथम पबित्र महासभा संचालन गर्नलाई कलकत्ताबाट जे० फल्याक र जोर्डन सी०  खान स्वंय हुनुहुन्थ्यो। सबै उत्सुक सेवा कसरी हुन्छहोला। स्तुति प्रार्थनाद्वारा बिहान, दिउँसो र बेलुकी सेवा हुनेगर्थ्यो। सेवामा सबैले परमेश्वरको  उपस्थिति थाहा गरे। प्रत्येक बिश्वासी सेवाको ठीक समयमा पुग्थे औ भक्तिसाथ बचन सुन्थे। विश्वासीहरू सेवाको अन्तमा यो निष्कर्षमा पुगे जीवन दोधारमा बिताउनु हुँदैन। हरेकले परमेश्वरको स्वर्गीय राज्यको निम्ति मण्डली मार्फत आत्मा बचाउने काम गर्नुपर्छ। दोधारे जीवन बिताइरहेकाहरूलाई प्रभु येशू ख्रीष्टको सम्पर्कमा ल्याउनुपर्छ। कति तड्कारो जागृति। हाल वृद्ध हुनुभएका आमा बाबुले पनि त्यो ७० वर्ष अघिको पवित्र महासभाको मुग्धकण्ठले प्रशंसा गर्नुहुन्छ उहाँहरूले त्यो प्रथम आशिष आजसम्म पनि संगाल्दै ल्याउनुभएको छ। यस्तै थियो प्रथम अखिल भारत पबित्र महासभा ।

Elshaddai Church History

तेस्रो अध्यायः

बख्त सिँह

(क) परिचयः

बख्त सिंह एक धनाढ्य एवम्‌ कट्टर शिख परिवारमा जन्मेका थिए । उहाँ पञ्जाबको निवासी हुनुहुन्छ। पञ्जाबमै आफ्नो बी० ए ० परीक्षा उर्तीण गरेपशचात्त मेकानिकल इन्जिनियरिङ कोर्सको निम्ति सन्‌ १९२६ मा इंगल्याण्ड पुग्नुभयो। सन् १९२६ को १६ दिसम्बरमा विन्निपेग, क्यानाडामा प्रभु येशूलाई गह्रण गर्नुभयो। अमेरिका छँदै सन्‌ १९३० को मार्च महिनामा हिन्दुस्तान गई सेवा गर्ने परमेश्वरबाट दर्शन पाउनुभयो। सन्‌ १९३२ को ४ फरवरीमा भान्कोभार, क्यानाडामा बप्तिस्मा लिनुभयो। सन्‌ १९३२ को ४ अप्रेलमा भान्कोभार कयानाडामा परमेश्वरको सेवाको निम्ति समर्पित हुनुभयो। सन्‌ १९३३ को ६ अप्रेलमा हिन्दुस्तान आइ सुसमाचार प्रचार गर्न शुरू गर्नुभयो। हाल हेब्रोन, सिकन्दरुबाद (आन्द्रप्रदेश) मा हुनुहुन्छ।

(ख) कालेबुङ्ग आउने उद्देश्यः

सन्‌ १९४८ सालको पवित्र महासभापछि मण्डलीको प्रत्येक सेवाहरू सही ढंगले हुँदैथ्यो। विश्वासीहरूमाझ नयाँ जोश र उन्माद छाएको थियो। यद्धपि यी सोझा सरल विश्वासीहरूलाई भूलभ्रान्ति र झूटो शिक्षाबाट अलग राख्नको निम्ति अझ बढी बाइबल शिक्षाको खाँचो थियो। भनौं परमेश्वरको मार्गदर्शनको आवशयकता थियो। यसर्थ यो खाँचो पूरा गर्नुको निम्ति जोर्डन सी० खानले प्रभुको दास बख्त सिंहलाई कालेबुङ्ग ल्याउने स्वर्गीय इच्छा महशूस गरे। मण्डलीमा खुब प्रार्थना भयो। तत्पश्चात सन्‌ १९४९ को अन्ततिर जोर्डन सी० खानसित मद्रासबाट प्रथमचोटि बख्तसिंह कालेबुङ्ग आइपुग्नुभयो ।  नौलो जग्गा नौलो परिवेश । तरैपनि हामी मानवजाति परमेश्वरको दृष्टिमा एक हौं भन्ने मनसाय राखिकन उहाँले मण्डलीलाई सामूहिक तौरले प्रभुको सेवा कसरी गर्नुपर्छस परमेश्वरको इच्छा कसरी बुझनुपर्छ , मण्डलीको दर्शनमा कसरी बुझनुपर्छ , आत्माको भरपूरीमा कसरी रहनुपर्छ सो तथ्यहरू बाइबलको वचन अन्‌“गस् मण्डलीको समस्त विश्वासीजनलाई बुझाइदिनुभयो। अतः प्रभुको दासको यो स्वर्गीय आवाजलाई मण्डलीले सहृदय स्वीकारे।“ म तिमीहरूलाई नयाँ हृदय दिनेछु, र तिमीहरूभित्र नयाँ आत्मा हालिदिनेछु ।  यहेजकेल ३६ः२६ अन्तमा यो वचन मण्डलीमा पूराभयो। फलस्वरूप विश्वासीहरू प्रभुको दर्शनमा रही आध्यात्मिक नियमहरू पालन गर्नथाले। प्रभुको दास बख्तसिंहको कालेबुङ्ग आगमनले मण्डलीमा ल्याएको परिवर्त्तन यहि थियो।

Elshaddai Church History

चौथो अध्याय

एल- शद्दाई

(क) स्थापना

भिकटोर प्रधानले प्रदान गर्नुभएको घरमा प्राय २ वर्षसम्म सेवा हुनसक्यो। यो व्यक्तिगत घर थियो। अबसो छुट्टै सेवाघर हुनुपर्छ भन्ठानेर प्रभुका दासहरूले प्रार्थनासहित भाडा घर खोज्ने अभियान चलाए। नभन्दै टासी पेम्पा हिस्से (जेठा बाउ) को हृदयलाई प्रभुले छोइदिनुभयो। तब उहाँले १६, रेली रोड अवस्थित आफ्नो घर भाडामा दिनुभयो। यो घर प्राप्त हुदाँ सबैजना खुशी भए। प्रभुको इच्छाअनुसार यहि स्थान नै उपयुक्त ठहरियो। म सबैकुराका बन्दोबस्त मिलेपछि सन  १९४९ को अन्त तिर भिकटोर प्रधानको घरबाट टासी पेम्पा हिस्सेको घरमा मण्डली स्थानान्तरण भयो। यससमय प्रभुको दास बख्तसिंह कालेबुङ्गमा नै हुनुहुन्थ्यो। उहाँले नै यस घरको नाम एलशद्दाई राख्नुभयो। यो हीब्रू शब्द हो। यसको अर्थ सर्वशक्तिमान परमेश्वर हो।

(ख)  सन १९५० सम्म यसको कार्यः

एल शद्दाई सेवालय प्रभुमा अर्पण भएपश्चात्त सबै विश्वासीजन मिलेर अझ सुन्दर प्रकारले प्रभुको सेवा गर्नथाले। प्रभुका यी महान दासहरू ( बख्त सिंह र जोर्डन सी० खान० ले मण्डलीलाई पबित्र बाइबलको बचन अनुसार इश्वरीय तालिम दिइरहे। तर उहाँहरू केहि कालसम्ममात्र यहाँ रहनुभयो। यद्धपि प्रभुले मण्डलीलाई माउ बिनाको चल्ला झै हुनु दिनुभएन। उहाँहरूले अन्य प्रभुको दासहरू ए० विलियम र सी० दासनलाई एल शद्दाई पठाइदिनुभयो । यहाँहरूले पनि प्रभुको जोशिलो सेवा गर्दै बिशवासीहरूलाई ईश्बरीय तालिम दिनुभयो। फलस्वरूप मण्डलीले परमेश्वरको अधिनमा बस्ने ढंग जाने। यी दुई प्रभुका दासहरू पनि केहि कालतक सेवागरी यहाँबाट मद्रासतिरै लागे। त्यसपछि पूनः बख्त सिंह र जोर्डन सी० खान कालेबुङ्ग आउनुभयो। अनि मण्डलीमा नयाँ नयाँ , विश्वासीहरूको भीड देख्नुभयो। यसरी उहाँहरू दक्षिण भारतबाट यहाँ घरि घरि आइरहनु सम्भव नहुनाले मण्डलीको हरचाहको निम्ति स्थानीय प्रभुको दास नै हुनुपर्ने उहाँहरूले अनुभव गर्नुभयो यस विषयमा खुब प्रार्थना भयो । प्रभुको इच्छा बुझे। प्रभुले डी० के० मूखिया र रर्वड मुखियालाई इङ्गित गर्नुभयो। तब प्रभुको दास बख्त सिंहले र

जे० सी० खानले दुई सेवकहरूलाई एल शद्दाई सेवालय संचालन गर्न अध्यक्षद्वयको रूपमा अभिषेक गर्नुभयो। अनि भिकटोर प्रधानलाई अन्य स्थानमा सेवाको निम्ति खटाउनुभयो। यो सन्‌ १९५० को कुरो हो।

 

“यसकारण तिमीहरू जाउ। र सबै जातिहरूलाई चेला बनाउ, तिनीहरूलाई पिताको, पुत्रको र पवित्र आत्माको नाममा बप्तिस्मा देउ ।

मत्ती २८ : १९
Elshaddai Church History

पाचौं अध्याय

एल शद्दाई माध्यमद्वारा पश्चिम बंगालभित्र सुसमाचार प्रचार एवम् मण्डली स्थापना

कालेबुङ्ग महकुमा :

 (१) एल शद्दाई अनि यसको निकटवर्ती इलाकाहरूः

प्रभुले आफ्ना काम केवल एल शद्दाई सेवालय वरिपरि मात्र सीमित राख्नुभएन। तर यसको समीपवत्र्ती इलाकाहरू जस्तै सिन्दैबुङ्ग, पुदुङ्ग, डुंग्रा, बमबस्ती, छिबो, इच्छे, साङ्कसे, ग्राह्म होम्स , त्रिपाई। मिशन कम्पाउण्ड, बजार, ३(११ माइल, टिस्टा, मल्ली आदि ठाउँहरूमा विगत ७० वर्ष  सन्‌ १९४७ देखि सन्‌ १९७०- को अवधिभित्र परमेश्वरले धेरै आत्माहरू बचाउनुभयो। यस महान्‌ कार्यको निम्ति परमेश्वरले अनेकौ सेवक सेविकाहरूको उपयोग गर्नुभयो। जसमध्ये कतिजना हामीमाझ छैनन्‌(बितिगए। यसरी परमेश्वरले यो मण्डलीलाई आशिष दिँदै आजमम्म सम्हाली राख्नुभएका छ।

(२ ) तन्याङ्ग र निम्बोङ्ग :

कालेबुङ्गका दक्षिणमा तन्याङ्ग पर्छ। औ निम्बोङ्ग चाहिं दक्षिण – पूर्वमा अवस्थित छ। यी दुवै खासमहलहरू  हुन्‌० सन्‌ १९५० तिर कालेबुङ्गको ख्रीष्टिय परिवारहरूमा प्रचण्ड आत्मिक जागृति आइरहेको थियो। त्यसताक यो मण्डलीले बाइबलको शिक्षाहरूलाई सही ढंगले स्पष्ठ्याउदै प्रचार गरिरहेका थिए। यसै बखत्‌ मिशन स्कूलमा काम गर्ने स्कटिस मिशनका दुई व्यक्तिहरू छोसाङ्ग लेप्चा र ओङ्गदेन लेप्चाले साँचो रूपले प्रभुलाई ग्रहण गरे। अनि

यस मण्डलीसित सम्बन्ध राखेर बप्तिस्मा लिए । चर्चका अगुवाहरूले यो स्कटिस मिशनको नियम विरूद्ध भएको अभियोग लाउदै उनीहरूलाई जागिरबाट निकालीदिए। नौकरी गयो । गाँस र बासको चिन्ता दुवैले प्रभुलाई सुम्पिदिए। साथै उहाँहरूले येशू ख्रीष्टलाई नजिकबाट चिनेको हुनाले शेष जीवन उहाँकै सेवाको निम्ति दिनुभयो। त्यसपछि प्रभुको अनुग्रह र अगुवाइमा यो मण्डलीसित मिलेर सेवा (सङ्घति गर्नथाले। सुसमाचार प्रचारमा सक्रिय भए्र दुवैको आ आफ्नो घर तन्याङ्ग र निम्बोङ्ग थियो। यी स्थानहरूमा जोर्डन सी० खान, भिकटोर प्रधान आदि तन्याङ्गमा

प्रभुको दासहरूले बडौ कठिनसाथ सुसमाचार प्रचार गरे। धेरैले प्रभु येशूलाई ग्रहण गरे औ कालन्तरमा गर्दै गएको हुनाले मण्डली स्थापित भयो। तब सन्‌ १९५१ को अन्ततिर तन्याङ्गमा प्रभुको इच्छा अनुसार भिकटोर प्रधानले मेचको सेवा रोटी भचाँइ शुरू गर्नुभयो। यो मण्डलीको अभिभारा छोसाङ्ग लेप्चा र ओङ्गदेन लेप्चालाई दिइयो। यता नेम्बोङ्गमा पनि मण्डली स्थापित भएको हुनाले सन्‌ १९५२ को जून महिनामा मेचको सेवा शुरूभयो। यो मण्डलीको जिम्मावारी परमानन्द लेप्चालाई सुम्पि। यसरी आजसम्म यी मण्डलीहरू परमेश्वरको सेवामा सक्रिय छन्‌।

(३) जलढका :

यो कालेबुङ्गको सुदूर पूर्वपट्टि अवस्थित छ। माउण्ट हर्मोन, सिलगडीले यस भैकमा सुसमाचार प्रचार गर्नथालेपछि सर्वप्रथम रङ्गोमा केहि व्यक्तिहरूले प्रभुलाई ग्रहण गरे। तत्‌पशचात्त प्रभुको सेवकहरू मिसी साहेब र दिकबीरको सहायतामा यहाँ मेचको सेवा शुरू भएकोथियो कालान्तरमा मिसी साहेब पनि बित्नुभयो। दिकबीर पनि जलढकामा आउनुभयो। यहाँ अर्को ब्यक्ति राबदेन सादाले प्रभुलाई ग्रहण गर्नुभयो। यसपछि जलढकामा स्थायीरूपले प्रभुको सेवा सङ्गति हुनथाल्यो नयाँ नयाँ विश्वासीहरू मण्डलीमा बढ्दै गए। तब प्रभुको दास राबदेन सादाको दायितवमा सन्‌ १८७४ मा रोटी भचाँइको सेवा शुरू भयो। यसप्रकार प्रभुको अनुग्रहमा यो मण्डली स्थापित हुनसक्यो।

(४) एलबोङ्ग:

यो कालेबोङ्गको दक्षिण भागमा अवस्थित छ ।  जब कालेबुङ्गको दूरबीन इलाकाको जनताहरूलाई आर्मीले उठायो। तब उनीहरूलाई सरकारले एलबोङ्ग आदि खासमहल इलाकातिर पूर्नवासको प्रबन्ध गरिदिए। यो हूलमा पर्नेहरू साने दाई, मंगल सिंह आदि विश्वासीहरू पनि थिए । यहाँहरूले कालेबोङ्गमै प्रभुलाई पाएका हुन्‌ । उता नयाँ ठाउँ रहदाँ बस्दाँ गाउँको सबैसित परिचय बढ्दै गयो । प्रभुको सुसमाचार पनि गाउँबासीलाई सुनाउदै गए। यो परिश्रम खेर गएन  प्रभुले धेरै आत्माहरू मण्डलीलाई दिनुभयो। फलस्वरूप मण्डलीको जग बसालियो। अन्तमा सन्‌ १९८१ मा साने दाईको जिम्मावारीमा मेचको सेवा शुरू भयो। त्यसपछि आजसम्म लगातार सेवा भईरहेको छ। तर विगत्‌ वर्ष १९९६ को वर्षाऋतुमा त्यस इलाकामा जताततै पैह्रो गएको हुनाले केहिकालको निम्ति मण्डलीमा सेवा हुनसकेन।

(५) अलगडा :

यो कालेबुङ्गको उत्तर – पूर्व दिशामा अवस्थित छ। यस मण्डलीमा पनि अरू मण्डलीमा जस्तै प्रभुको काम सुनियोजित दगंमा भयो । जब कालेबुङ्गमा पिटर सिंह लेप्चाले प्रभुलाई ग्रहण गर्नुभयो, तब उहाँ तत्कालै आफ्नो नौकरीको कारणले गर्दा अलगडा जानुभयो। त्यहाँ प्रार्थनासहित उहाँले सुसमाचार प्रचार र व्यक्तिगत भेटघाट गर्न थाले तब धेरै मानिसहरूले प्रभु येशूलाई ग्रहण गरे र प्रभुको प्रशंसा होस्‌ केहिकालपछि त्यहाँ पनि एउटा सानो मण्डलीको स्थापना हुनसक्यो। अनि सन्‌ १९८४ मा यहाँ मेचको सेवा। पनि शुरू भयो।

(६) गोरूबथान :

यो कालेबुङ्गको दक्षिण- पूर्वमा स्थित छ। यहाँको रैथाने श्रीमती अविगेल सुब्बाले सन्‌ १९४८ सालतिर नै प्रभुलाई ग्रहण गर्नुभएथ्यो। यद्धपि आफ्नो नौकरी कालेबुङ्गमा भएको हुनाले उता प्रभुको सुसमाचार प्रचार हुनसकेको थिएन तर जब उहाँकी छोरी सलोमी सुब्बा कालेबुङ्गमा आफ्नो अध्ययन सिद्धाएर गोरूबथान गइन्‌, तब उनीद्वारा प्रभुको वचन मानिसहरूकहाँ पुग्नथाले। यस कार्यको निम्ति कुमार सुब्बाको हृदयलाई पनि प्रभुले स्पर्श गरिदिनुभयो। उहाँहरू मिलेर गोरूबथान अनि यससित संलग्न इलाकातिर सुसमाचार प्रचार गर्नथाले। प्रभुले धेरै आत्माहरूलाई मुक्तिको बाटा देखाइदिनुभयो। फलस्वरूप मण्डलीमा बिश्वासीहरूको जमात बढ्दै गए । यसैबखत्‌ श्रीमती अविगेल सुब्बा पनि आफ्नो सम्पूर्ण परिवारसहित गोरूबथान आइन्‌ ।उहाँको उपस्थितिले मण्डलीलाई अझ बढ्ता आत्मिकी टेवा मिल्न सक्यो। सेवा(सङ्गति निरन्तर हुँदैगए। मण्डलीलाई प्रभुले मनग्गे आशिष दिनुभयो। त्यसपछि सन्‌ १९८७ मा कालेबुङ्ग मण्डलीको सहयोगमा प्रभुको मेच खडा भयो। प्रभुको बढाईहोस् ! आजसम्म यो मण्डलीलाई परमेश्वरले सुरक्षित राख्नुभएको छ।

(७) मनसोङ्ग :

यो कालेबुङ्गको सुदूर उत्तर – पूर्वमा अवस्थित छ। मनसोङ्गमा प्रभुको मण्डली कसरी खडाभयो भन्ने तथ्य केलाउदाँ सर्बप्रथम साङ्गे तामाङ्गको नाम लिनसकिन्छ। लाठपञ्चरमा सिलगढी मण्डलीले प्रचार गर्दाहुँदी उहाँले प्रभुलाई पाउनुभएथ्यो। उहाँ सरकारी नौकरीको कारणले गर्दा पछि लाठपञ्चरबाट मनसोङ्ग स्थानान्तरण हुनुभयो।त्यसपछि उहाँले अलगडा मण्डलीमा लगातार धाएर प्रभुको सेवा गरिरहनुभयो। अलगडा मण्डलीले पनि प्रार्थनासहित प्रभुको सेवक साङ्गे तामाङ्गको माध्यमद्वारा मनसोङ्गमा सुसमाचार प्रचार गर्दैगए। आखिर प्रभुको काम कसले रोक्नसक्छ र। यहाँ पनि असंख्य आत्माहरुले प्रभुलाई मुक्तिदाताको रूपमा ग्रहणगरी अलगडा मण्डलीमानै सङ्गति गर्नथाले। सेवामा आउनलाई हिँडेर प्रायः चौध किलोमिटरको यात्रा तय गर्नुपथ्र्यो। सँधैभरि यो क्रम वृद्ध आमा(बाबु र दिदी(बहिनीहरुको निम्ती सम्भव थिएन। सबैले सेवालय मनसोङ्गमा नै हुनुपर्ने विचार पोख्नथाले। यसविषयमा प्रार्थना भयो। तब प्रभुको सेवकहरूले यो असुविधा कालेबुङ्ग मण्डलीलाई जनाए। अन्तमा कालेबुङ्ग र अलगडा मण्डलीको सहयोगमा मनसोङ्गद्वारा सन् १९९१ मा मेचको सेवा शुरूभयो। तत्‌पश्चात्त आजसम्म यस मण्डलीले प्रभुलाई महिमा दिइरहेको छ।

 

(८) बाखराकोट :

यो कालेबुङ्गको सुदूर दक्षिण दिशामा अवस्थित छ। सर्वप्रथम बाख्राकोटको मण्डली स्थापनामा आमोस सुब्बालाई प्रभुले प्रयोग गर्नुभयो। जब उहाँले प्रभुलाई ग्रहण गर्नुभयो तब नजिकैको एलबोङ्ग मण्डलीसित सम्पर्क राखी लगातार सङ्गति गर्नथाल्नुभयो। यता बाख्राकोटमा पनि उहाँले सुसमाचार प्रचार गर्दै जानुभयो। विस्तारै मानिसहरूले प्रभु येशूलाई बिश्वास गर्नथाले अनि निरन्तर सेवा(सङ्गतिमा जुटिरहे। यसप्रकार यो मण्डली पनि स्थापित भयो। त्यसपछि सन्‌ १९९२ मा पी०एन० नाम्च्युद्वारा प्रभुले आफ्नो मेच बाख्राकोटमा शुरू गर्नुभयो।

 

(९) कुमाईः

यो कालेबुङ्गको पूर्वदेशामा अवस्थित छ। सन्‌ १९८१ सालदेखि जलढका मण्डलीले कुमाईमा सुसमाचार प्रचार एवम्‌ व्यक्तिगत भेटघाट गर्नथाले। फलस्वरूप केहि व्यक्तिहरूले प्रभुलाई ग्रहण गरे। सन्‌ १९८५ सम्म यहाँ प्राय १३ परिवार प्रभुमा आइसकेका थिए। उनीहरू प्रत्येक आइतबार सेवाको निम्ति कुमाईदेखि जलढ्कासम्म १२ किलोमिटर पैदल हिडेनुपर्थ्यो। यो क्रम प्राय ११ वर्षसम्म चल्यो। कुमाईमा नै मण्डली भईदिए असल हुनेथ्यो ; सबैको चाहना यस्तो थियो। यस बिषयमा प्रार्थना भयो। प्रार्थनाको उत्तरमा प्रभुले यहाँ सन्‌ १९९२ मा मण्डली खडा गर्नुभयो। कुमाई वरिपरिका क्षेत्रहरू गोदाम लाइन, कुमानी र कुपिस इलाकातिर पनि प्रभुले आफ्नो काम बढाउदै लानुभयो। अन्तमा मण्डलीले प्रभुको इच्छाअनुसार सन्‌ १९९६ को ९ देखि १२ सेप्टेम्बरसम्म “विशेष सेवा को आयोजना गरे। यसै मुहूत्र्तमा कालेबुङ्गबाट पी०एन० नाम्च्यु गई मेचको सेवा शुरू गरिदिनुभयो। अनि यो मण्डलीको जिम्मावारी आर०बी० खवासलाई सुम्पियो। 

 

दार्जीलिङ्ग सदर महकुमाः

(१) दार्जीलिङ्ग :

दार्जीलिङमा यो मण्डलीको स्थापना बिषय चर्चा गर्दाहुँदी सर्वप्रथम स्व० डा० एण्र्ड्रु प्रधानको नाम उल्लेख गर्नु अनिवार्य छ। आजभन्दा पचासवर्ष अघिको कुरो हो। उहाँ घुममा नौकरी गर्नुहुन्थ्यो। घर १० १/२ माइल – ‘यहोवा  निस्सी’, कालेबुङ्ग । उहाँले कालेबुङ्गमै सन्‌ १९४७ को दिसम्बर महिनामा साँचोरूपले प्रभुलाई ग्रहण गर्नुभएथ्यो। त्यसपछि त्यसै चुप बस्नुभएन। नौकरी गर्दै भएतापनि प्रभुको विषयमा अरूलाई पनि सुनाउनु हुन्थ्यो। आफ्नै साहिला काका स्टिफन प्रधानलाई पनि प्रभुको वास्तबिक परिचयमा ल्याउनुभयो। काकाको सम्पूर्ण परिवारले पनि प्रभु येशूमा नयाँ जीवन पाए। त्यसपछि त एउटा आत्मिक जागृति नै आयो। सबैले बुझच्थाले ईसाई भएरमात्र हुन्नरहेछ तर ईसाईको सही चिन्हारी कायम राख्नलाई प्रभुमा पूर्ण जीवन बिताउन आवश्यक रहेछ। अर्कोतिर एल० टी० फुदोङ्ग र टासी ग्याम्छो पनि प्रभुको गहिरो परिचयमा आइसकेका थिए। आफ्नो छुट्टै सेवालय नभएको खण्डमा सबै जना मिलेर कहिले घुम ९एण्ड्रु प्रधानको घर० ( मा कहिले आलुबारी ९टासी ग्याम्छोको घर०(मा सेवा गर्थे । सुसमाचार प्रचार र सेवा(सङ्गति निरन्तर जारी रहयो। फलस्वरूप सन्‌ ११४८ मा मेचको सेवा शुरूभयो। त्यसताक रम्चे विश्वासीजन अनुशासित ढगंले सेवामा बस्दथे। सेवा अवधिभरि कोहिपनि बाहिर(भित्र गर्न पाइदैन्थ्यो। सेवा शुरू भएपछि बाहिरबाट ताला लगाइन्थ्यो। बाहिर जाने अति नै आवश्यक परे मात्र जान पाइन्थ्यो। सुसमाचार प्रचार गर्दाहुँदी पनि बडो निर्भीक भएर मानिसहरूलाई प्रभु यशूको बारेमा बुझाउने गर्थे। यसको ज्वलन्त उदाहरण( चौक बजारमा प्रचार गर्ने स्व० टासी ग्याम्छो हुन्‌। विस्तारै परमेश्वरको काम दार्जीलिङ्ग वरिपरिको बस्ती (कमानतिर फैलिदै गयो। त्यसपछि प्रभुको सेवकहरू दलसिंह राई, ओङ्ग छिरीङ्ग, शम्मा लिङ्गदोङ्ग प्राणनाथ नाम्च्यु, डी० बी० सुब्बा आदिले परमेश्वरको मण्डलीलाई आजसम्म प्रतिनिधित्व गर्दै आइरहेका छन्‌। हालमा यस मण्डलीको काम बिध्नै बढिगएकोछ । प्रभु को बढाई होस्‌ । सुदूर गोकदेखि लोदमासम्म मण्डलीहरु स्थापित भईसकेकाछन। जस्तै सन्‌ १९८२ मा गोक, सन्‌ १९८७ मा पोख्रेबुङ्ग, सन्‌ १९८९मा लोदमा र बर्नेसबेक अनि सन्‌ १९०१ मा कजलेमा मेचको सेवा शुरूभयो। यी मण्डलीहरूको देखरेख दार्जीलिङ्ग मण्डलीले गर्दछ। 

 

(२) मङपूः

यो दार्जीलिङ्कदेखि प्रायः २८ किलोमिटर तल अवस्थित छ। ३ वटा स(साना र खसमहल लगायत कुलैनबारीको ठूल्ठूला ५ वटा विभागहरूले घेरिएको विस्तृत भूभागलाई नै मङपू भनिन्छ। सर्वप्रथम यहाँको निबासी सृश्री नर्वदा राई र सुश्री सावित्री तामङ्गले  कालेबुङ्गमा प्रभुलाई ग्रहण गरेकी थिइन्‌। त्यसपछि कालेबुङ्गबाट पश्चनाथ नाम्च्यु अनि उहाँको सहयोगीहरू मिलेर मङपूका रम्बी भन्ने ठाउँमा सुसमाचार प्रचार गर्नुभयो। यद्धपि मङपूमा परमेश्वरको काम यस मण्डली मार्फत हुनसकेकै थिएन। कालान्तरमा यहाँकै एक व्यक्ति आसमान सुब्बा सरकारी नौकरी पाएर सिलगढी तिर लागे। तत्पश्चात सिलगढीमै उहाँले प्रभु येशूलाई मुक्तिदाताको रूपमा ग्रहणगरे। अब उहाँ त्यसै चुपलागेर बस्न सक्नुभएन। आफुले प्रभुबाट पाएको बास्तविक शान्ति र आनन्द मङपूका मानिसहरूलाई पनि सुनाउने अठोट गरे। तब सिलगढी मण्डलीको जिम्मावारी भिक्टोर प्रधानको सहायताद्वारा मङपूमा पुनः सुसमाचार प्रचार गर्ने काम आरम्भ भयो। यसैबेला भिकटोर प्रधानले स्थानीय मिशन मण्डलीमा वचन दिने सुयोग पाउनुभयो। यस सेवादारा भुलभ्रान्तिमा परेकाहरूको आँखा खोलिए। औ कतिले प्रभु येशूलाई वास्तविकरूपले ग्रहण गरे। यसरी आत्मिक जागृति आउनु नै यस स्थानमा परमेश्वरलाई मनपर्दो मण्डली स्थापना हुने क्रममा यो एउटा माइलखुट्टी मान्न सकिन्छ। जेहोस्‌ प्रभुको सन्देश सुनाउँने काम जारी रह्यो। फलस्वरूप धेरैले परमेश्वरलाई चिन्नथाले। अब सेवा कहाँ गर्ने प्रार्थना भयो। परमेश्वरले रेसेप वजारमा एउटा भाडा घरको प्रबन्ध गरिदिनुभयो। यहाँ केही कालसम्म सेवा हुनसक्यो। त्यसपछि परमेश्वरले बजारकै एकजना विश्वासी सुश्री चन्द्रकला राईको हृदयलाई स्पर्श गरिदिनुभयो। उहाँले आफ्नो घर परमेश्वरको सेवाको निम्ति भाडामा दिनुभयो। यस घरमा धेरैवर्षसम्म सेवा हुनसक्यो। यहि नै सन्‌ १९७१ मा मेचको सेवा शुरूभयो। बिस्तारै यो भाडाघर पनि सेवाको निम्ति साँघुरो हुँदै गयो। विश्वासीहरू मण्डलीमा झन बढ्दै गए। अन्तमा मङपूः ग्राउण्ड छेउमा मण्डलीको आफ्नै सेवाधर बन्नसक्यो। यो सन्‌ (१९८३को कुरा हो। हालमा यो मण्डलीको जिम्मेवार सेवकहरू यीनै हुन्‌( शामुएल भुटिया, जगजीत राई, बी०बी० तामाङ्ग, पी० एल० तामाङ) आदि। हिजआज मङपू मण्डलीको काम विध्नै बढिगएकोछ। यसको वरिपरिको बस्ती(कमानतिर परमेश्वरको काम

Elshaddai Church History

छैटौं अध्याय

सिक्किममा परमेह्वरको कार्य

(१) गान्तोक :

भारतवर्षको सबैभन्दा सानो राज्य सिक्किमको राजधानी गान्तोकमा यस मण्डलीको माध्यमद्वारा परमेश्वरको काम कहिले शुरूभयो। भन्ने क्रममा सर्वप्रथम थोमस्‌ नाम्च्युको नाम लिनपर्छ। सन्‌ १९४८ मा उहाँले कालेबुङ्गमा प्रभुलाई ग्रहणगरी स्थायीरूपले गान्तोकमा नै बसोबासो गर्नुभयो। उहाँ प्रभुको कामको निम्ति अत्यन्त बोझ राख्नुहुन्थ्यो। साथै प्रभुको अर्को सेवक ए० वाङ्गले पनि परमेश्वरको कामको निम्ति निकै सहयोग पुर्याए। जेहोस्‌ यस स्थानमा प्रभुको सुसमाचार प्रचार गर्नु खाँचो नै थियो। यसैकारण कालेबुङ्ग मण्डलीबाट सुसमाचार प्रचार टोली गान्तोक धाउनथाल्यो। यस टोलीलाई थोमस्‌ नाम्च्युले यथासम्भव सहृयोग पुर्याए। तत्पश्चात गान्तोक शहरमा सुसमाचार प्रचार हुनथाल्यो। फलस्वरूप मानिसहरूमा आत्मिक जागृति आयो। तब धेरैमध्ये थोरैले प्रभु येशूलाई ग्रहण गरे।  औ सन्‌ १९५८ मा मण्डली स्थापित भयो। यसरी गान्तोक शहरमा आत्मिक जागृति आइरहेको बेला दार्जीलिङ निवासी एम० जी० लिङ्दोङ्ग प्रभुलाई ग्रहणगरेर यहाँ नौकरी गर्न आइपुगेका थिए । उसबेला यहाँ थोरै विश्वासीहरू मात्र यस मण्डलीको सङ्गतिमा थिए। यहाँहरूले बेला(बेलामा गान्तोक शहरमा सुसमाचार पुस्तक( पुस्तिकाहरू बाँड्नेगर्थे। कसै(कसैसित व्यक्तिगत सम्पर्क पनि भईहाल्थ्यो। यस्ताहरूलाई प्रभु येशूको बारेमा राम्ररी बुझाउनेगर्थ्यो। यसरी दिनप्रतिदिन गान्तोक शहरमा परमेश्वरको काम बढ्दैगयो। धेरै मानिसहरूले प्रभुलाई ग्रहण गर्यो। जस्तै दानिएल राई, एल० बी० राई आद्रि अब मण्डलीको काम पूर्व सिक्किमको गान्तोकमा मात्र सीमित रहेनन्‌ बिस्तारै राज्यको चारै थुममा परमेश्वरको काम मौलिदै गयो। जस्तै पूर्वतिर सन्‌ १९७७ मा सिङ्गताम,सन्‌ १९८३ मा रेङ्रेली, सन्‌ १९८६ मा रूर्म्बक, सन्‌ १९८७मा दिक्छु एवम्‌ पाक्योङ्ग लगायत रानीपुल, चुङ्गथाङ्ग, मङ्गन ९दुवै उत्तर सिक्किम०(मा मेचको सेवा शुरूभयो। हालमा यी मण्डलीहरूलाई प्रभुको विभिन्न दासहरूले हेरचार गरिरहेछन्‌ ।

(२) नाम्चीः

आजभन्दा २२ वर्षअघि सन्‌ १९६६ मा सर्वप्रथम नाम्चीको मिकखोला निवासी एन० बी० राईद्वारा परमेश्वरले आफ्नो कामको थालनी गर्नुभयो। उहाँ कबीर पन्थका कट्टर साधु अनुयायी थिए्र पछिबाट उहाँको सम्पूर्ण परिवारले पनि प्रभु येशूलाई ग्रहण गरे। त्यसपछि स्थानीय मानिसहरूले प्रभुप्रति चासो देखाउन थाल्यो। अनि केहि इच्छुक व्यक्तिहरूले प्रभुलाई ग्रहण पनि गर्यो। अब यी विश्वासीहरूलाई कालेबुङ्ग, दार्जीलिङ औ गान्तोक मण्डलीहरूले निरन्तर सङ्गति दिनथाल्यो। यस्तैप्रकारले स्थानीय जनसाधारणमाझ पनि सुसमाचार प्रचार हुनथाल्यो। यो सन्‌ १९६८ को कुरो हो। त्यसताक कालेबुङ्ग, गान्तोक औ नाम्ची मण्डलीले यहाँ सुसमाचार प्रचार गर्दा उल्लेखनीय भूमिका निभाएका थिए्र यसपछि धेरै मानिसहरूले प्रभुलाई ग्रहण गरे। औ परस्पर प्रभुका सेवा – सङ्गति गरिनै रहे। भनौं आजभन्दा ३२ वर्षअघिको आत्मिको जोश अझै यहाँ यथावत छ। जेहोस्‌ हालमा नामाङ्गपा अनि अन्य प्रभुका सेवकहरू मिलेर दक्षिण सिक्किमभित्र अवस्थित नाम्ची मण्डलीको देखरेख गरिरहेकाछन्‌। साथै यो मण्डलीको माध्यमद्वारा दक्षिण(पश्चिम सिक्किमको विभिन्न स्थानहरूमा पनि मण्डलीको जग बसालियो। जस्तै दक्षिणतिर सन्‌ १९७० मा तुरूक, सन्‌ १९७१मा सोरेङ्ग, सन्‌ १९७८ मा राबङ्गला, सन्‌ १९८१ मा जोरथाङ्क अनि पश्चिमतिर सन्‌ १९७८मा गेजिङ्ग, सन्‌ १९८९मा रिनछेनपोङ्गमा मेचको सेवा शुरूभएको हो। यसबाहेक पनि नामथाङ्ग, सुम्बुक (दुबै दक्षिण सिक्किम ) एवम्‌ सोमबारे, कामलिङ्ग (दुबै पश्चिम सिक्किम) मा पनि मेचको सेवा शुरूभयो।

Elshaddai Church History

सातौं अध्याय

भारतबर्षको उत्तर पुर्वी राज्यहरुमा परमेश्वरको कार्य

(१) नागाल्याण्डः

यो राज्य भारतबर्षको सुदूर पूर्वमा म्यानमार ९वर्मा०सित जोडिएकोछ। यहाँ ८० प्रतिशत ईशाईहरू बसोबासो गर्दछन्‌। यद्धपि यो मण्डलीको दर्शनमा यहाँ कसरी परमेश्वरको काम भयो भन्ने प्रसंगमा सर्वप्रथम १३ १२ माइल, कालेबुङ्ग निवासी एच बी० मुखियाको नाम लिन अनिवार्य ठर्हदछ। प्रायः ८० को दशकतिर उहाँ नागाल्याण्डमा नौकरी गर्नुहुन्थ्यो। साथै नागाल्याण्ड नेपाली खीश्चियन चर्चका पास्टर९पादरी० पनि थिए्र संयोगवश छुट्टीमा घर आउदाँ उहाँले एकदिन कालेबुङ्ग हाटबजारमा एल(शद्दाई मण्डलीले सुसमाचार प्रचार गरेको राम्ररी सुन्ने मौका पाएका थिए। उहाँले तत्कालै प्रभु येशूको बारेमा ती प्रचारकहरूसित तर्क प्रस्तुत गरे। किनकि येशूको बारेमा सही जानकारी लिन चाहन्थ। यसैकारण एल(शद्दाईबाट सेवक सेविकाहरू उनको घरमा गई प्रभु येशू हाम्रो निम्ति किन बलिदान हुनुभयो, अनि किन प्रभुमा नयाँ जीवन पाउनु अनिवार्य छ भन्नेकुरो प्रष्टपारे। त्यसपछि एच० बी० मुखिया अनि परिवारले प्रभुलाई ग्रहण गरे। साथै बप्तिस्मा पनि लिए। अब उनी यथार्थ ईसाई भईसकेकाथिए। आफ्नो छुट्टि बितिसकेपछि नयाँ जोश र उमङ्ग लिइकन नागाल्याण्ड पुगे। सर्वप्रथम नेपाली खीश्चियन चर्चका  विश्वासीहरूलाई आफुले पाएको असीम आनन्द बाँड्न चाहे औ मण्डलीलाई परमेश्वरको सही बाटो देखाउन चाहे। तर बिश्वासीहरूले सत्यकुरो बुझ्ने कोशिष गरेनन्‌े बरू उनलाई नै त्यस चर्चबाट निकालिदिए। यद्धपि उनी हतोत्साहित भएनन्‌। प्रार्थना गरे प्रभुले एक्लो राख्नुभएन। एकजना सङ्गी विश्वासी एच० बी० छेत्रीले उनलाई सहृयोग पु्याए। उनीपनि त्यसै चर्चको विश्वासी थिएे उनले पनि बुझे(ईसाई भएर मात्र नहुनेरहेछ तर बाइबलको सिद्धान्त अनुसारको ईसाई हुनुचाहिँ श्रेष्ठ रहेछ। यसर्थ उनले प्रभु येशूलाई साँचो मुक्तिदाताको रूपमा ग्रहण गरे। तत्‌पश्चात यी दुई विश्वासीहरूले नागाल्याण्डमा सुसमाचार प्रचार गर्न कालेबुङ्ग मण्डलीलाई निम्ताए। स्मरण रहोस्‌ , नागाल्याण्ड ईसाई धर्मावलम्बीहरूको राज्य भनेपनि हुन्छ। तर यहाँ परमेश्वरको बचन अनुसारको मण्डली शायदै होला। जेहोस्‌ यस्तो आतंकग्रस्त राज्यमा सुसमाचार प्रचार गर्नु सजिलो थिएन्र तरैपनि बडो साहस्‌साथ सुसमाचार प्रचार गर्नथाले। तबमात्र मानिसहरूले प्रभु येशूको बारेमा सही कुरो जान्नसके। अनि धेरैले प्रभुलाई ग्रहण गरे। तत्‌पश्चात विश्वासीहरूले परमेश्वरको आज्ञा अनुसार मण्डलीमा सेवा(सङ्गति गर्नथाले। यस्तो जात(जातको चर्च भएको राज्यमा यो सेवा अरू मण्डलीको विश्वासीहरूलाई नौलो लाग्यो। फलस्वरूप विरोध भयो। तरैपनि विश्वासीहरू अनेकौ कष्ट सहदै प्रभुको सेवा(सङ्गतिमा जुटिरहे। अन्तमा सन्‌ १९८२ मा जुनेबोटोमा मेचको सेवा शुरूभयो। त्यसपछि यसै मण्डलीको माध्यमद्वारा राज्यको विभिन्न स्थानहरूमा परमेश्वरको काम बढ्दैगयो। जस्तै सन्‌ १९८३ मा चुमुकिदिमा र अकुलुटो, सन्‌ १९८५ मा अगुनेटो अनि सन्‌ १९८८मा मोकोकचुङ्गमा मेचको सेवा शुरूभयो। यो बाहेक पनि कोहिमा, फेक आदि स्थानहरूमा प्रभुको काम भईरहेछ। हालमा प्रभुका दुई दासहरू राजमान राई परिवार अनि विल्सन परिवारले यी समस्त मण्डलीहरूको जिम्मेवारहरूसित मिलेर सेबा गरिरहेकाछन्‌ 

(२) मेघालयः

परमेश्वरको काम नागाल्याण्डमा मात्र सीमित रहेन। एच० बी० मुखियाको भाई एम० के० मुखियालाई परमेश्वरले मेघालयको निम्ति उपयोग गर्नुभयो। जहाँ कुल जनसंखायाको ३२ प्रतिशतले देवी(देवराली पूज्ने गर्छन्‌। यस्तो स्थानमा यो मण्डलीको दर्शनमा रहेर एम० के० मुखियाले प्रभुको निम्ति खुब परिश्रम गरिकन सुसमाचार प्रचार गरे। फलस्वरूप सन्‌ १९८५मा अमप्तिङ्गमा मण्डली खडाभयो। एंवरीत्‌ले सन्‌ १९९३ मा बर्निहाटमा पनि मण्डली स्थापित हुनसक्यो। त्यसपछि सन्‌ १९९७मा प्रभुको दास पञ्चनाथ नाम्च्युद्वारा यहाँ मेचको सेवा गुरूभयो। यसरी मेघालयमा परमेश्वरको काम दिनोदिन बढिरहेछ।

(३) आसाम :

यो राज्यमा ईसाईहरू नगण्य मात्रा ९४।६ प्रतिशत० (मा छन्‌ यस मण्डलीको दर्शनमा खडाभएको मण्डलीहरू यहाँ थोरै भएतापनि परमेश्वरको सही शिक्षालाई अंगाल्ने यी मण्डलीहरूले राज्यको २३ वटा जिल्लाहरुमा परमेश्वरको काम जताततै फैलियोस्‌ भन्ने चाह राखेको छ। यसैकारण सुसमाचार प्रचार भईरहेछ। सर्वप्रथम सन्‌ १९८५मा कामरूप जिल्लाको गुवाहाटीमा मण्डली खडाभयो। त्यसपछि कार्बी आङ्गलोङ्ग जिल्लाको मान्जा अनि राज्यको सुदुर पूर्वपट्टि जोरहाटमा मण्डली खडाभएकोछ। तर जोरहाटमा चाहिँ मेचको सेवा शुरू भएकोछैन।

(४) त्रिपुरा :

यस राज्यमा पनि परमेश्वरले आफ्नो काम गर्नुभयो। सर्वप्रथम हैदराबाद बाट विश्वासी भाईहरू यस राज्यमा नौकरी गर्न आएका थिए। उनीहरू सँधै आफ्नो काममा व्यस्त रहनुपरेकोले प्रभुको सेवा(सङ्गति गर्न असमर्थ भए। त्यसर्थ सन्‌ १९९६ मा कालेबुङ्ग मण्डलीले प्रभुको सेवक फिलेमोन शास्त्रीलाई त्रिपुरा पठाइदिए। उनले आजसम्म यो मण्डलीको दर्शनमा रहेर प्रभुको सेवा गरिरहेछ। यसरी भारतवर्षको दोस्रो सबैभन्दा सानो राज्य त्रिपुरामा पनि परमेश्वरको इच्छाअनुसार मण्डली खडा भईरहेछ। 

Elshaddai Church History

अठौं अध्याय

कालेबुङ्ग द्वारा विदेशमा परमेश्वरको कार्य )

(१) नेपालः 

यो अधिराज्य ईसाईधर्म प्रचार गर्नु निषेध गरिएको एक भू(परिवेष्टित हिन्दु राष्ट्र हो। दिनाङ्क ९ नोभेम्बर,१९९० मा राज्ञा बिरेन्द्रले नेपाललाई बहुदलीय प्रजातन्त्रमा आधारित एक संवैधानिक अधिराज्य ठहराएको घोषणा गरिबक्सियो। तत्‌पश्चात ईसाई धर्मावलम्बीहरू खुलस्तरूपले सुसमाचार प्रचार गर्नु पाउनेभयो। मुलुकका सम्पूर्ण ईसाईहरू रमाए । परमेश्वरलाई धन्यवाद दिए्र तर सन्‌ १९९० भन्दा अघिको अधिराज्यको पृष्ठमूमिलाई नियाल्नु हो भने यहाँ ईसाई धर्मावलम्बीहरूले खुलस्तरुपमा सुसमाचार प्रचार गर्न पाउदैनथ्यो। प्रचारकहरूले प्रशासनिक । यातना सहनपर्थ्यो। कैयौ जेलमा थुनिए , सजाय भोगे। यतिमात्र नभएर ईसाईहरूले सामाजिक लाञ्छना पनि सहनपर्थ्यो। यसरी सैयौं कष्ट सहँदै भएतापनि यस मुलुकका विभिन्न ईसाई सम्प्रदायहरूले परमेश्वरको काम निरन्तर अघि बढाई रहे। यीमध्ये एक विशेष झुण्ड ९जो एल- शद्दाई कालेबुङ्गसित सम्बन्धित छ ( ले पनि अधिराज्यको निम्नलिखित स्थानहरूमा परमेश्वरको कामको बृद्धिमा सहयोग पुर्याईरहेकाछन्‌ । ती हुन्‌

 

(क) भद्रपुर :

यहाँ मण्डलीको जग बसालिने क्रममा सर्बप्रथम बी० बी० तामाङ्गको नाम लिनसकिन्छ। उनी भद्रपुर निवासी हुन्‌। आजभन्दा २६ वर्षअघि उनी दार्जीलिङ्ग मण्डलीको सम्पर्कमा आएकाथिए। त्यहाँ उनको भेट टासी ग्याम्छोसित भयो। यसै भेटमा उनले प्रभु येशूको बारेमा अमूल्य कुराहरू सुन्ने अवसर पाए। अनि दार्जीलिङ्गमै प्रभुलाई ग्रहण गरी स्वदेश फर्किए। तत्‌पश्चात उहाँको परिवारले पनि प्रभुलाई ग्रहण गरे। अनि मुलुकमा महान्‌ परमेश्वरको सुसमाचार सुनाउन उहाँको हृदय उन्मादित भईउठ्यो। तर आफु नयाँ विश्वासी भएको हुनाले सुसमाचार कसरी प्रचार गर्नुपर्ने उति थाहा थिएन। यसर्थ सिलगढी मण्डलीको सहयोगमा यहाँ सुसमाचार प्रचार्‌ हुनथाल्यो। तब बिस्तारै मानिसहरूले प्रभुलाई ग्रहण गर्नथाले। अनि भद्रपुरको सुर्यनगरमा सेवाधर बनियो। अन्तमा मण्डलीको सल्लाहअनुसार सन्‌ १९७२ मा भिक्टोर प्रधानले मेचको सेवा शुरु गरिदिनुभयो। अनि सन्‌ १९९६सम्म सेवाघर सुर्यनगरमै यथावत रह्यो। त्यसपछि जनवरी, १९९७ देखि भद्रपुरको पृथ्वीनगरमा सारियो। हालमा मण्डलीको जिम्मेवार रूबेन राई हुनुहुन्छ। स्मरण रहोस्‌ , नेपाल अधिराज्यमा सर्वप्रथम भद्रपुरबाट नै यो मण्डलीको दर्शनमा परमेश्वरको कामको थालनी भएको हो। यसर्थ मुलुकभित्र मण्डली स्थापनाको ऐतिहासिक क्रममा सन्‌ १९७२ नै आधार वर्ष मान्नसकिन्छ।

 

(ख) बुटबलः

यस स्थानमा पनि परमेश्वरको काम यस मण्डली मार्फत शुरूभयो। यसको निम्ती परमेश्वरले कालेबुङ्ग निबासी एनोस नाम्च्युलाई माध्यम बनाउनुभयो। यो आजभन्दा प्राय १५ वर्ष अघिको कुरो हो। उनी बुटवलमा आफ्नो काम(धन्धा गर्दै भएपनि सुसमाचार प्रचारमा लागिरहे। यसोहुँदा यस ठाउँमा आत्मिक जागृति आयो। धेरैले प्रभु येशूलाई ग्रहण गरे। फलस्वरूप नेपालको यो पश्चिमी भेगमा पनि मण्डलीको जग बसालियो। अन्तमा पञ्चनाथ नाम्च्युले सन्‌ १९८३ मा यहाँ मेचको सेवा शुरू गरिदिनुभयो। तत्पश्चात प्रभुको काम बुटबलमा मात्र सीमित रहेनन्‌ तर यी स्थानहरूमा पनि फैलिदै गयो, जस्तै सन्‌ १९८४ मा कीतिपुर, सन्‌ १९८५मा पोखरा, सन्‌ १९८९मा त्रिवेणी र कृष्णनगर एबम्‌ सन्‌ १९९७मा पगलीहवामा मेचको सेवा शुरूभयो। हाल अधिराज्यको यी पश्चिमी अञ्चलहरूमा सुरखेत लगायत परमेश्वरको काम द्रुतगतिमा बढिरहेछ।

 

(ग) इलामः

या अधिराज्यको सुदूर पूर्वमा अवस्थित छ। दार्जीलिङ्ग मण्डलीले यहाँ सन्‌ १९५६ सालतिर सुसमाचार प्रचार गरका हो। त्यसताक भिक्टोर प्रधान अनि अन्य प्रभुका सेवकहरू यस स्थानमा सुसमाचार प्रचार गरेको निहुँमा थुनुवा परेकाथिए। यद्धपि यस इलाकामा परमेश्वरको काम हुनसकेको थिएन । जेहोस्‌ समयको निकै अन्तरालपछि दार्जीलिङ्ग मण्डलीले यहाँ सुसमाचार प्रचार गर्नथाले। यसोहुँदा यहाँका मानिसहरूले प्रभुलाई ग्रहण गर्ने असल मौका पाए। त्यसपछि मात्र मण्डली अस्तित्वमा आउनसक्यो। अन्तमा दार्जीलिङ्गि मण्डलीको जिम्मेवार शम्मा लिङ्गदोङ्गले इलामको माबो भन्ने ठाउँमा सन्‌ १९९२मा मेचको सेवा शुरूगरिदिनुभयो। यसरी पूर्वी नेपालमा पनि परमेश्वरको काम फैलिनगयो। यी बाहेक पनि मुलुकभित्र धेरै ठाउँहरूमा परमेश्वरको काम दिनोदिन बढिरहेछ। जस्तै सन्‌ १९७९ मा तरहरा र दार्पा, सन्‌ १९८२मा काठमाडौं, सन्‌ १९८४मा गाईघाट र रकीतिपुर, सन्‌ १९८५ मा पोखरा, सन्‌ १९९७मा धरान, सन्‌ १९८९मा सल त्रिवेणी र कृष्णनगर, सन्‌ १९९१मा महाभारा, सन्‌ १९९२मा सैनिक, बेलडाङ्गी र बुधबारे, सन्‌ १९९३ मा खुजुनाबारी, सन्‌ १९९६मा हरकट्टे अनि सन्‌ १९९७मा दानाबारी, राजबिराज मेचको सेवा शुरूभयो। अझै धेरै स्थानहरू छन्‌ जहाँ यो मण्डलीको दर्शनमा परमेश्वरको सेवा भईरहेछ। ती मध्ये ठाउँहरूका सूची यसप्रकार छ(भरतपुर नारायणघाट, दुधे, हडिया बुधबारे, कोटिहवा, बालिङ्ग, चिसोपानी, । हलेसी, ताप्लेजुङ्ग सिन्तुक, बर्नी, सिमसारा, बेलबारी, पत्री, तिमाई, संसारी, बाकशिला बाँसपानी, भाउन्ने, जमुवा डिपो आदि। ।

 

(२) भुटान :

भारतको छिमेकी राष्ट्र भुटानमा परमेश्वरको कार्य यस मण्डली मार्फत कसरी शुरूभयो भन्ने तथ्य केलाउदाँ सर्वप्रथम कालेबुङ्ग निवासी फुर्वा वाङ्गदी तामङ्ग, निमा तामाङ्ग, पेमा तामङ्ग, मणिकुमार मुखिया, डा० गेण्डप फुदोङ्ग, माइकल तामङ्ग आदिको नाम लिनसकिन्छ। यहाँहरू ड्रक – युल (भुटान अधिराज्य) – मा नौकरी गर्ने उद्धश्यले गएतापनि त्यस मुलुकका मानिसहरूमाझ वहाँहरूले गुप्तरूपमा प्रभुको सुसमाचार सुनाउने काम गरेथ्यो। यो लगभग ३२ वर्ष अघिको कुरो हो। राती – राती एक – अर्काको घरमा जुढदथे। प्रार्थना गर्दथे। कतै ल्होत्साम्पा (नेपालीहरू) भेटे सुसमाचार सुनाईहाल्थे। यहाँसम्म कि प्रभुको निम्ति विश्वासीहरू जेल पनि जानपरयो। स्मरण रहोस्‌, भुटान बौध धर्मावलम्बी देश भएको हुनाले यहाँ ईसाई धर्मको प्रचार – प्रसार गर्न निषेध छ। जेहोस्‌ परिश्रम खेर गएन। थिम्पु निवासी एकजना कमला नामक महिलाले प्रभुलाई ग्रहण गरिन्‌ यसरी परमेश्वरको कामको शुरुआत भयो। कालान्तरमा उहाँकै सहयोगद्वारा थिम्पुमा मण्डलीको स्थापना भयो। अनि गुप्ररूपमा सेवा – सङ्गति हुनथाल्यो। फलतः मण्डलीलाई परमेश्वरले धेरै आत्माहरू दिनुभयो। ल्होत्साम्पा मात्र नभएर ड्रुक्पा सम्प्रदायले पनि प्रभु येशूलाई चिने। यसरी थिम्पुमा आत्मिक जागृति आइरहेको बेला फुर्वा वाङ्गदी तामङ्गको स्थानान्तरण फुन्सोलिङ्गमा भयो। यहाँपनि उनी चुप रहनसकेन। भुटान शाही पुलिसको आँखा छल्दै भएपनि गुप्तरूपले सुसमाचार प्रचार गर्नथाले। फलस्वरूप सन्‌ १९७७ मा यहाँ मण्डली अस्तित्वमा आउनसक्यो। तत्पश्चात भुटानको दक्षिण भागतिर पनि परमेश्वरको काम फैलिदैगयो। अन्तमा यहाँ एउटा कुरो उल्लेख गर्न अनिवार्य देखियो-भुटान अधिराज्यमा । परमेश्वरको कामको शुरुआत सन्‌ १९६६ देखि नै हुँदै आइरहेको हुनाले आजसम्म धेरै स्थानहरूमा मण्डली स्थापित भईसकेको छ। तीमध्ये केहि ठाउँहरूको नामावली यसप्रकार छ –  पारो, गिदाकोम, वाङ्गदी, चिमाकोठी, चुखा, गेदु, इब्जी, हा , भालुझोडा, पाना , ठूला कालीखोला , सानो कालीखोला, ढुङ्गेना, टासीगाङ्ग, वामारोङ्ग, चिराङ्ग, ढुङ्गना, सामद्रपजोङ्गकर, पेमाग्याछी, गेलेफु, सरभङ्ग, गम्टु, पच्चु, बुक्का, ताला, साम्ची इत्यादि।

(३) एशिया महादेशका अन्य राष्ट्रहरू

हङ्गकङ्ग, सिङ्गापुर, कोरिया, ब्रुनई, मलेशिया एवम्‌ खाडी देशहरूमा यो मण्डलीको दर्शनमा प्रभुको सेवागर्न विश्वासीहरू थोरैछन्‌। उहाँहरू प्रायः जसो नेपाल(भारतबाट गएकाहुन्‌। कोहि ब्रिटिश फौजमा लाहुरे जीवन बिताइरहेका छन्‌ भने कोहि गैर सरकारी संस्थातिर जागिर खाइरहेकाछन्‌ विदेशमा नौकरी गर्दै भएतापनि उहाँहरू सेवा( सङ्गतिको निम्ति एक ठाउँमा भेला हुने गर्दछ। यद्धपि आफ्नो स्थायी मण्डली भने छैन । जेहोस्‌ सन्‌ १९९३ मा कालेबुङ मण्डलीको दानियल राईलाई हङ्गकङ्गको लाहुरे विश्वासीहरूबाट सेवाको निम्ति निमन्त्रणा आएको थियो।  उहाँ हङ्गकङ्घ पुग्नुभयो। अनि त्यहाँका विश्वासीहरूमाझ ब्रिटिश क्याम्पमा सेवा गरेपश्चात उत्तर कोरिया प्रस्थान गर्नुभयो। यहाँका केहि व्यक्तिहरूलाई उहाँले बप्तिस्मा दिनुभयो अनि मेचको सेवा शुरू गरिदिनुभयो। यसरी सुदूर पूर्वको एशियाली राष्ट्रहरूमा पनि मण्डलीको जग बसालिदैगयो। हालमा हङ्गकङ्ग मण्डलीको जिम्मेवारहरू एन०बी० शाही, चोकबहादुर लिम्बु, जे०बी० राई साथै उत्तर कोरिया मण्डलीको जिम्मेवारहरू सिलास राई र लकमान राई हुनुहुन्छ।

Elshaddai Church History

नवौं अध्याय

अन्यान्य प्रमुख विषयहरु

(क) अखिल भारत पवित्र महासभा :

यो एउटा वृहत्‌ सेवा हो। महाजमघट हो। जहाँ वर्षभरिको बिछोड्पछि सन्तहरूमाझ पुर्नमिलन हुँदछ, आत्मीयता र आफ्नोपन बढ्दछ, प्रभुलाई पाएको अनुभवहरू एक(अर्कामा साटासाट हुँदछ। यो सेवा प्रत्येक वर्षको दिसम्बर महिनामा एल सद्दाई कालेबुङ्ग हुनेगर्दछ। सभा ९ दिनसम्म चल्छ। यस सेवाको निम्ती एल(शद्दाईले आफुसित सम्बन्धित सम्पूर्ण मण्डलीलाई सेनामा उपस्थित हुन आह्वान गर्दछ। विगत ५० वर्षको अवधिमा कारणबश् केही पवित्र महासभाहरू हुनसकेना पहिला(पहिला अक्टोबर महिनामा यो सभा हुनेगर्थ्यो भने हालको वर्षहरूमा दिसम्बर महिनामा हुनेगर्दछा यो महासभा सन्‌ १९४८ सालदेखि यहाँ शुरू भएको हो। यस सेवाको आधार वचन बख्त सिंहले चुन्नुहुन्छ। यहि आधार वचनलाई मध्य नजरमा राखेर प्रभुको दासहरूले आ – आफ्नो  दर्शनअनुसार मण्डलीलाई वचन दिने ९पुर्याउने०काम गर्दछन्‌। यो ९ दिने महासभामा अशंग्रहण गर्न देशका विभिन्न प्रान्तबाट विश्वासीहरू आउँदछन्‌। यतिमात्र नभएर छिमेकी राष्ट्रहरू नेपाल र भुटानबाट पनि प्रशस्तमात्रामा विश्वसीहरू सभामा उपस्थित हुँदछ । कहिलेकाहिं यूरोप, अमेरिका, बेलायत, अष्ट्रेलिया आदि मुलुकबाट पनि सन्तगण आउनेगर्छन्‌। एंवरीत्‌ले ९ दिनसम्म यो जमघटमा आत्मिकी रौनकता छाउँदछ। यस्तो महत्वपूर्ण सेवाको आयोजना आजभन्दा ४९ वर्षअघि सन्‌ १९४८मा स्व० जोर्डन चेनन खान अनि स्व० ए० फलेकको देखरेखमा भएकोथियो। त्यसपछि बख्त सिंहको नेतृत्वमा पबित्र महासभा सम्पन्न हुनथाल्यो। तर उहाँ वृद्ध हुँदै जानुभएको हुनाले सन्‌ १९८६ देखि यता हैदराबादबाट कालेबुङ्ग आउन सक्नुभएको छैन। पवित्र महासभामा उहाँलाई सहयोग गर्ने दासहरू यीनै हुन्‌(स्ब० जोर्डन चेनन खान ९जबलपुर०, लाजर सेन (अहमदाबाद), गोल्सबर्दी ९अस्ट्रेलिया०, ्र्रटी०ई० कोसी (अमेरिका) ,सी०ई० दासन, सी०टी० बेन्जामिन, जीण्टी० बेन्जामिन , अमृतराज, मार्टीन, के० फिलिप ९सबै दक्षिण भारत० आदि हुन्‌। त्यसताक यहाँहरूमध्ये प्रभुको दास लाजर सेन पवित्र मह्मसभा हुनुभन्दा एक –  दुई महिना अघिनै एल(शद्दाई आएर कामकुरोको देखरेख गर्नुहुन्थ्यो। हाल केही वर्षदेखि यता यो पवित्रमहासभाको दायित्तव के ० फिलिप र लाजर सेनले उठाइरहनुभएको छ। 

(ख)  एल – शद्दाई मण्डलीका प्राचीन, सह प्राचीन एवम्‌ सेवकहरूः

  १ तिमोथी ३: २-१३

                                                                                                                     

 

सन्‌ १९४७ देखि सन्‌ १९६४ सम्मको अवधिभित्र परमेश्वरको काम बिध्नै बढिगिएको थियो। यसर्थ मण्डलीको हेरचाहको निम्ति प्रभुको दास बख्त सिंहले क्रमैसित सन्‌ १९५० मा धनकुमार मुखिया र रर्बट मुखिया एवम्‌ सन्‌ १९६४मा एल०टी० फुदोङ्ग र पञ्चनाथ नाम्च्युलाई प्राचीन (अथवा अध्यक्ष) – को रूपमा अभिषेक  गर्नुभयो। यहाँहरूले अनेकौं परिस्थिति ९सामाजिक, आर्थिक, धार्मिक आदि०(सित जुझ्दै भएतापनि मण्डलीलाई रआत्मिक तौरले सिंचने काम गर्नुभयो। यी प्राचीनहरूले बाइबलको सही शिक्षामा विशेष ध्यान दिनेगर्थे। साथै मण्डलीलाई परमेश्वरको आत्मिकी शिक्षारूपी घेरोमा सदैव सुरक्षित राख्ने भरमग्दुर प्रयास गरे। यसरी मण्डलीको ्र स्वर्णीम धरोहर बसाल्दाँ (बसाल्दै सन्‌ १९७७ को अगस्त महिनामा धनकुमार मुखिया परलोकगमन हुनुभयो।