मे १६, शनिबार

हरेक बिहान ती नयाँ नयाँ हुन्छन तपाईको विश्वासयोग्यता महान छ । विलाप ३ ः २३

बिहान बेलुकी म सधै हिँड्न निस्किने गर्थे, बाटाको छेउमा एउटा फुलको नर्सरी थियो, म त्यहाँ भएका फुलहरु फुलेका हेरेर र मनमा मैले विचार गर्थे । बेलुकी ती फुलहरु प्राय धुलो र तापले पुरानो भए झै देखिन्थ्यो तर बिहान त्यही फुलहरु ताजा, सफा र शीतको थोपा रहिरहेको देख्न पाउँथे । प्रकृति जो परमेश्वरको सृष्टि हो उहाँले सबै कुरालाई ख्याल गर्नुहुन्छ, उहाँले ती बोट बिरुवाको लागि वायु मण्डलमा आद«ताको स्रोत बनाई माथिबाट शीत झारीदिनुहुन्छ र सबै बोट बिरुवालाई पखाली त्यसलाई हरेक दिन नयाँ बनाउँनुहुन्छ । यो नयाँ बनाउने कुरा परमेश्वरले एक दिन होइन तर जहिले सम्म यो पृथ्वी रहन्छ त्यस घडी सम्म परमेश्वरले सबैलाई ख्याल गर्नुहुन्छ । यो काम गर्न परमेश्वर थाक्नुहुनेछैन ।

हामी मानिसहरु पनि जो यी वनस्पति भन्दा उत्तम छौ, हामीले नि यही तरिकाले परमेश्वर कहाँ आएर पश्चताप द्वारा आफैलाई पखालिनु, अनि नम भई्र, प्रभुमा आशा र भरोसा राखेर ताजाकी बन्नु अवश्यक छ । किनकि हाम्रो प्रभु विश्वास गर्न योग्य र महान हुनुहुन्छ । हामी पनि दिनभर हाम्रै समस्या र भारले लादिएको, ओइलेको हुन्छौ तरै पनि बिहान हामी परमेश्वरको करुणा द्वारा हामी नयाँ बन्न सक्छौें। परमेश्वरले हाम्रो ओइलेका, थाकेको प्राणलाई नयाँ आशा दिएर फेरि नयाँ बनाउँनुहुन्छ । (भजन १४३: ८) मा दाऊदले परमेश्वरले भजन गाँउनुहुन्छ, बिहानीपख मलाई तपाईको करुणा सुन्ने तुल्याउनुहोस किनभने तपाईमाथि म भरोसा राख्छु । जुन मार्गमा म हिँडनुपर्छ, मलाई त्यो मार्गमा जान्ने तुल्याउनुहोस, किनकि म आफनो प्रणलाई तपाईतिर उठाउँछु ।

यसकारण हरेक बिहान नयाँ बन्नको लागि परमेश्वरको उपस्थतिमा जानु अवश्यक रहेछ । कोठा भित्र भएको गमलाको फुलले परमेश्वरबाट झरेको शीत प्राप्त गर्न सक्दैन त्यसको लागि त्यो फुललाई बाहिर खुल्ला आकाशमूनि राख्नुपर्दछ जहाँ परमेश्वरले आफनो अनुग्रह झार्नुहुन्छ । त्यसरी नै आज हामी पनि परमेश्वरले राखिदिनुभएको अनुग्रहमा नम्र र पश्चतापी भएर आउँनुपर्दछ र उहाँले हामीलाई हरेक बिहान उहाँबाटको करुणा हामी महसुस गर्नसक्छौं ।

हाम्रो प्रार्थना : हे प्रभु, मलाई हर समय हजुरको उपस्थतिमा आँउने बनाउँनुहोस र तपाईमाथि मेरो सारा भरोसा राख्नसकौं । तपाईको मार्गमा मलाई डो्याउनुहोस । धन्यवाद छ प्रभु जुन आशा र विश्वास हजुरमा म राख्दछु ।

धन्यवाद, आमेन

Listen Today Blessing Message

Share With Your Friends

Leave your vote

700 points
Upvote Downvote

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here