मे ७, बिहिबार

दैनिक प्रार्थना र प्रशंसाको निम्ति आधार वचन
जाे मानिस परमेश्‍वरको दृष्‍टिमा असल हो, त्यस मानिसलाई उहाँले बुद्धि, ज्ञान र आनन्द दिनुहुन्‍छ ।
उपदेशक २:२६

परमेश्वरकाे डर मानेर, उहाँकाे वचन पालन गर्ने व्यक्तिलाई परमेश्वरले अाशिषित तुल्याँउनु हुन्छ । प्रभुमा यस्ताे असल व्यक्तिलाई परमेश्वरले अन्त्यमा अाशिषित बनाऊनुभएकाे छ । बाईबलमा याे असल नमुना हामी युसूफ, अय्यूब अादिकाे जिवनलाई लिन सक्छाैं। राजा शुलेमानले नि केही समय सम्म परमेश्वरकाे डरमा हिडे् अनि परमेश्वरलाई पुकारे उसलाई त्यतिबेलासम्म परमेश्वरले ज्ञान, बुद्धि र धन, प्रशंसा र अान्नदका सबै कुरा दिनुभयाे तर शुलेमान राजाकाे पछिल्लाे जिवनसम्म याे कुराहरू स्थिर रहेन, किनकि परमेश्वरकाे बाटाेमा ऊ हिडिरहन सकेनन । यसैले हामी याे (उपदेशक २:२६)अाशिषकाे कुरा युसफकाे अन्तिम जीवनसम्म स्थिर भएकाे पाँउछाै। परमेश्वरले उसलाई पराई देशमा नि अाशिषित तुल्याउनुभयाे; उसलाई सपनाकाे रहस्या बताउने ज्ञान, मिस्त्रमा अाउदै गरेकाे अनिकालकाे बारेमा बताउन सके र परमेश्वरले उसलाई दिएकाे समझ, ईमानदारीकाे कारण ऊ त्यस ठाँउमा नि अधिकारी बन्न सके र ईस्त्राएलमा भएकाे अाफनाे सन्तानलाई खडेरी बाट बचाउन सके।


कसरी युसूफकाे जीवन असल थियाे त? युसूफले त जहिले हेपित जीवन जिईरहेथ्याे तब कसरी ऊ बिजय बने? किनकि ऊ जहिले सहनथ्याे र परमेश्वरलाई याे उचित लाग्याे, जब समय अायाे तब उहाँले युसूफलाई उच्च पार्नुभयाे । जसरी ख्रीष्ट येशूले राेमि सिपाही र ईस्त्राएलका पुजारी र बिराेधिहरूकाे अपमान सहनुभयाे र अन्तयमा क्रूसमा जानुपर्याे । त्यसरि नै युसूफलाई पनि घरैबाट अाफनै दाजुहरूले निन्दाकाे पात्र बनाए र उसलाई खेदाे गरे, जब उसले बाह्रवटा परालकाे मुठाेले अाफनाे बिचकाे मुठालाई दण्डवत गरेकाे सपना सबैलाई सुनाए; सबैले यसले हामी ठुलालाई अपमान गरेकाे भनेर खेदाे गरे । दाजुहरूले उसलाई मार्ने जुक्ति बनाए, ईनारमा हाले, फेरि मिस्री व्यापारिकहाँ बेचि पठाए। त्यस व्यापारीबाट फाराेअाेकाे अफिसर पाेतिफरकाे घरमा नाेकर बसे र त्यहाँ उसले अाफनाे मालिकनीकाे कुनैतिक चालमा असहमत जनाएर व्यभिचारबाट भागे, त्यहि झुटाे अाराेपमा उनले जेल सजाय भाेग्नुपरे,। युसूफले कहिल्यै पनि परमेश्वर साथ गन-गन गरेन तर सबै कुरा सहि रहे र परमेश्वरकाे डर मानि रहे। परमेश्वरकाे दृष्टिमा युसूफ असल लाग्याे र उहाँले याे छुटकारा र ईनामकाे प्रबन्ध गरिदिनुभयाे । युसूफ जेलमा रहँदा परमेश्वरले उसलाई जेलमा भएकाे दुई राजाकाे सेवककाे बारेमा गरेकाे भविष्यवाणी सहि प्रकट बनाईदिनुभयाे फेरि यहि नाेकरकाे सहायताद्वारा युसूफले राजाकाे सपनाकाे भेद बताईदिन याेग्य व्यक्ति बन्छ र त्यस स्वरूप राजाले अाफनाे राज्यकाे अधकारि बनाउने प्रतिज्ञा पूरा गर्छ । मिस्त्रकाे अधिकारी भएपछि युसूफले, एकदिन अाफनाे दाजुभाई , हराएकाे घरपरिवारसँग भेटन साैभाग्य परमेश्वरले जुटाईदिनुहुन्छ । प्रभुले ईस्त्राएलिलाई यति अाशिष दिनुहुन्छ त्यस पराई देशमा मिस्री भन्दा ईस्त्राएलिलाई संख्यामा ज्यादा र बलवन्त बनाईदिनुभयाे युसूफकाे कारणले किनकि परमेश्वरले युसूफलाई त्यस ठाँउमा स्थापित गरिदिनुभएकाले।

अाजकाे हाम्राे प्रार्थना: हे प्रभु मलाई नि तपाईकाे असल दास युसूफ झै सहनसिल व्यक्ति बनाँउनुहाेस । ताकि त्याे स्थिर रहने अान्नद, शान्ति उपभाेग गर्न सकाैउ। मेराे जिवनमा अाउने हरेक निन्दा, बाधा ख्रीष्टलाई हेर्दै सहने सकने सामर्थ दिनुहाेस। हे प्रभु तपाईंकाे याेजना अगम्य छ र तपाईकाे साेच यी मानिस जातिमाथि अदभुत छ।
धन्यवाद अमिन !

Leave your vote

700 points
Upvote Downvote

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here