मे ३, अाईतबार २०२०
🛐*दैनिक प्रार्थना र प्रशंसा *🎼

प्रार्थना र प्रशंसाकाे लागि अाधार वचन
(हे परमेश्‍वर, जाति-जातिका मानिसहरूले तपाईंको प्रशंसा गरून्; जाति-जातिका सबै मानिसहरूले तपाईंको प्रशंसा गरून्। भजनसंग्रह ६७:३)


माथिकाे अाधार पद राजा दाऊदकाे प्रशंसा हाे जुन उसले अाफनाे गल्ती स्विकारे गरे पछि परमेश्वरले इस्राएलमा ल्याउनु भएकाे अनुग्रह र कृपाकाे बारेमा प्रशंसा गरेकाे भजन हाे । राजा दाऊदले यसरी प्रशंसा गर्नुहुन्छ , हे प्रभु हामी माथि कृपालु बन्नुहाेस र अाशिष दिनुहाेस र हजुरकाे महिमा हामी माथि चम्काेस । हाम्राे मानिस र देशालाई तपाईले निकाे पार्नुभएकाे भनेर जान्न सकाेस र मानिसहरूले यसरी नै तपाईकाे प्रशंसा गराेस । हाम्राे खेतहरू धेरै फलाउने जमिन हाे भनी सबैले याे जानाेस र सबै मानिसहरू अानन्दले गाऊन । सारा संसारले थाहा गराेस कि तपाईले हामीलाई अाशषि दिनुभएकाे छ र हाम्रा परमेश्वरसँग उनीहरू भयभित हाेउन ।

राजा दाऊद यस्ताे नम्र व्यक्ति हुनुहुन्थ्यो , कुनै पाप गर्ने साथ उसकाे हृदयले उसलाई दाेष दिन्थे र तुरून्तै पापकाे पश्चताप गर्थे । ( २ शमूएल २४:१०) राजा दाऊदले याे दाेस्राे पटक प्रभुकाे साथ गल्ती गरे ।परमेश्वरकाे ईच्छा विपरीत अथवा परमेश्वरलाई नसाेधि उसले ईस्राएलकाे संख्या गन्न लाए जुन परमेश्वरकाे दृष्टिमा उचित थिएन । याे गल्ती पहिलाे जस्ताे घिनलाग्दाे पाप थिएन तरैपनि परमेश्वर क्राेधित बन्नुभयाे । यसकाे परिणाम ईस्राएलले अहिलेकाे काेराना जस्तै ठुलाे महामारी भाेग्नु पर्याे । याे महामारी हुन भन्दा अगाडि ईस्राएलले सात वर्षकाे अनिकाल भाेगिरहेकाे थिए र त्यसपछि महामारीको समस्या भाेग्नुपर्याे । याे महामारीले सत्ररी हजार मानिसकाे ज्यान गए। परमेश्वरले अगमवक्त गाद दाऊद कहाँ पठाँउनुभयाे, परमेश्वरले भन्नुभएकाे कुरा बताँएपछि के गर्नुपर्ने साे नि बताउनुभयाे । राजा दाऊदले परमेश्वरले भने अनुसार परमेश्वरकाे वेदीमा बलि चढाँए। यसरी महामारी ईस्राएलबाट अन्त हुन्छ।


( अन्तमा प्रिय हाे; अाजकाे हाम्राे प्रार्थना :राजा दाऊद झै हामी पनि नम्र भई पश्चताप गराैं र परमेश्वरले जे भन्नुहुन्छ साे गराैं। यसाे गर्नाले परमेश्वरले हाम्राे देश र मानिसहरूलाई निकाे पार्नुहुनेछ । र परमेश्वरकाे सर्वज्ञान र उहाँकाे अाश्चर्य कामहरूकाे प्रशंसा र धन्यवाद चढाऊ । यस समय परमेश्वरले यस पृथ्वीमा उहँकाे अगमवक्त नदिए नि हामीमा पवित्र अात्मा (१) राखिदिनुभएकाे छ जसले हाम्राे अात्मा सँग संगति गर्छ र पवित्र बाईबल (२) दिनुभएकाे छ। अाज हामीले के गर्नुपर्ने साे परमेश्वरकाे वचन हामीलाई सिकाउँद छ र पवित्र अात्माले हाम्राे अात्मालाई तयार पारेकाे हाेऊन । एउटा बानि हामी बसालाैं कि हाम्रा प्रत्यक साना साना कदम किन नहाेस, हामी परमेश्वरलाई साेधाै जसले गर्दा हामीमा परम्श्वरले निरन्तर अाशिषकाे वर्ष पठाउनुहुन्छ ।

अामेन, धन्यवाद ।

Leave your vote

700 points
Upvote Downvote

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here