मे १३, बुधबार
दिनमा जस्तै गरेर हामी इमान्दार भएर हिडौं । रोमी १३ :१३

केही बर्ष अगाडिको कुरा हो, मेरो बुबाको कडापन, हप्काई मलाई मन पर्दैन थियो । त्यो घडी जहिले पनि उहाँको वरीपरि, साथमा भएर काम गर्नुपथ्र्यो, होइन भने ताडना पाइन्थ्यो । ती दिनहरु फर्केर हेर्दे, ती सबै त मेरो भलाईका लागि राखिएको रहेछ । (रोमी १३ ः ४) किनकि ति दिनहरुमा मलाई दुःख गर्नु , आज्ञयकारीतामा नरहेका भए, आज प्रभुलाई म विश्वाससाथ पछ्याउन सक्दिनँ थिए ।

यसकारण तिमीहरु क्रोधको कारणले मात्र होइन तर विवेकको कारणले अधीनतामा रहनुपर्छ । प्रेरित पावले नि यही अनुभवमा भन्नु हुन्छ, हामी सबै ख्रीष्टका जनहरु हो, एक अर्कोको अधीनतामा रहन् सिक्, पछिका लागि यो उचित छ र सबै भन्दा उत्तम कुरा प्रेम हो । ख्रीष्टको प्रेमले आज तपाई हामीलाई नजिकै ल्याएको छ, एकै मनको बनाएको छ, हामी सबैको लक्ष्य एउटै छ जो स्वर्ग देश हो ।
हामीले त्यस दिनको लागि तयार हुनको लागि यी बाटोमा भएर हिडनु अवश्यक छ, व्यवस्था र अधीनतालाई हामीले प्रेम गर्नैपर्छ र सबैसँग ख्रीष्टका प्रेममा हिडन् जरुरी छ ।

अध्यारोमा हिडनेझै हामी नहिडाऊ, हृदयलाई सुत्नबाट हामी जोगाईराखाै । ख्रीष्टका जन भएर पनि रात र अध्यारो हिडनु भन्नाले हामीले अझै पापसँग संगत गरिरहेका छौ, पापको जिवनबाट छुटकारा पाँएको छैनौ । तर ख्रीष्टको प्रेमको ज्ञान पाँएर, उहाँमा हामी पापरहित जिवनबाट अलग बसेका छौ, पाप गर्नै छोडेका छौ भने हामी उहाँबाट आशा र आनन्द पाउँछौ । यही कुरा हाे; परिवर्तति जिवन जिउनु चाहिँ दिनमा हिडेको जस्तै हो जसरी दिनमा हामी हिड्ँदा सबै कुरा प्रष्ट हुन्छ र बाटोमा केही अल्झाउने कुरा आए पनि हामी पन्साएर अघि बढछौ । आज हामीले पनि परमेश्वर नजरमा इमान्दार साथ हिड्ने प्रयास गर्नुपर्छ किनकि बिउँझिने समय आएको छ( प्रभुको वचन एक एक पुरा हुदैछ ) ।

हाम्रो प्रार्थना : हे प्रभु मलाई हरेक पापसँग अलग भएर, पन्साएर हिडने छोरा बनाउँनुहोस । ख्रीष्टको बाटो म हिड्दा हरेक दुःखका पाईलाहरुमा म तपाईलाई पुकार्ने छोरा बनाउँनुहोस । तपाईले गर्नुभएको प्रेम, अनुग्रह कृपाको निम्ति धन्यवाद चढाउँछु ।
धन्यवाद, आमेन

LISTEN Today Blessing Message

Leave your vote

700 points
Upvote Downvote

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here